• तेश्रो दिन लगातार संक्रमित दोहोरो अंकमा

    स्वास्थ्य विभागको दैनिक पत्रकार सम्मेलन । तस्बिरः सूचना विभाग ।
  •  

    अगष्ट ५ । आज तेश्रो दिन लगातार नयाँ संक्रमितको संख्या दोहोरो अंकमामात्र भेटिएपछि राहतको आभास मिलेको छ । आज नयाँ संक्रमित ८५ जना भेटिएको छ भने दुईको मृत्यु भएको छ ।

    अगष्ट २ को दिन १ सय १५ संक्रमित थपिएर एक जनाको मृत्यु भएको थियो । ३ अगष्टमा नयाँ संक्रमित ७८ र हिजो ४ का दिन ८० जना भेटिएका थिए । हिजो १ जनाको मृत्यु भए पनि अघिल्लो दिन मृत्यु हुनेको संख्या ६ रहेको थियो ।

    कोरोनाभाइरस (कोभिड–१९) तेश्रो लहर जुलाई* १३ देखि शुरु भएको देखिन्छ । जुन १० देखि १२ सम्म तीन दिन नयाँ संक्रमित शून्य रहेको थियो । जुलाई १२ सम्म दैनिक ५० भन्दा कम संक्रमित भेटिएको स्थितिमा जुलाई १३ मा ५२ जना नयाँ थपिएका थिए ।

    जुलाई २२ बाट नयाँ संक्रमितको संख्या दैनिक १ सय बढी रहेको थियो । तेहोरो अंकको सबै भन्दा उच्च जुलाई ३० रहेको थियो, उक्त दिन १ सय ४९ जना नयाँ संक्रमित थपिएका थिए ।

    आजको मितिसम्ममा हङकङमा संक्रमितको संख्या ३ हजार ७ सय ५५ पुगको छ भने ४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म २ हजार ३ सय १४ जना निको भएका छन् । १ हजा ३ सय ९८ जना उपचाररत रहेका छन् ।

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्