• सञ्चार उद्यमी जिम्मी लाई पक्राउ

    सञ्चार उद्यमी जिम्मी लाई पक्राउ परेपछि निवास अगाडि । तस्बिरः एपी ।
  •  

    अगष्ट १० । स्थानीय पत्रिका ‘एप्पल दैनिक’का प्रकाशक सञ्चार उद्यमी जिम्मी लाई छ जना सहयोगीसहित राष्ट्रिय सुरक्षा कानून अन्तर्गत पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनका छोरा र सञ्चार कम्पनी नेक्स्ट मिडियाका वरिष्ठ कार्यकारीहरु रहेका छन् ।

    होमानतिनस्थित नीजि निवास कादुरी एभेन्युबाट पक्राउ परेका लाई विदेशी राष्ट्रसंगको साँठगाँठ र देशद्रोहको आरोप  लगाइएको अनुमान गरिएको छ । उनी पक्राउ परेसंगै चुङक्वान्वोस्थित नेक्स्ट मिडियाको भवनमा छापा मारिएको छ ।

    राष्ट्रिय सुरक्षा कानून अन्तर्गत गठन गरिएको प्रहरी इकाइले आज बिहान ९ः४५ बजे पक्राउ गरेसंगै उनलाई हत्कडी लगाइएको थियो । अदालती पक्राउपूर्जीसहित उपस्थित सय भन्दा बढी प्रहरी पत्रिकाको कार्यालयमा प्रवेश गरेको थियो ।

    नेक्स्ट मिडियाको भवनमा परिचालित प्रहरी । तस्बिरः एप्पल डेली ।

    सञ्चार उद्यमी जिम्मी लाई ‘अम्ब्रेला रिभोलुसन’, ‘अकुपाई सेन्ट्रल’, ‘एन्टी एक्स्ट्राडिसन बिल’लगायतका आन्दोनलमा सरिक हुने गरेका थिए । उनी प्रकाशक रहेको ‘एप्पल डेली’ले चीनको केन्द्रीय सरकारको कडा आलोचना गर्ने आरोप लगाइने गरिएको छ ।

    उनको पक्राउ र ‘नेक्स्ट मिडिया’को भवनमा प्रहरी छापालाई डेमोक्रेटिक पार्टीले प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै आलोचना गरेको छ । हङकङ विश्वविद्यालय पत्रकारिता विभाग प्रमुखले पनि प्रहरी छापाको आलोचना गर्दै लज्जास्पद कार्य भनेका छन् ।

  • कमेन्ट गर्नुहोस्