• पन्ध्रौं दिन संक्रमित दोहोरो अंकमा

    सेन्टर फर हेल्थ प्रोटेक्सनकी डा. चुङ सुक–क्वान पत्रकार सम्मेलनमा । तस्बिर श्रोत: सूचना विभाग ।
  •  

    अगष्ट १७ । आज ४४ जनामात्र भेटिएसंगै कोरोनाभाइरस (कोभिड–१९) नयाँ संक्रमित लगातार पन्ध्रौं दिन दुई अंकको संख्यामा सिमित रहेको छ । जुन अन्तिम सातादेखि देखिएको तेश्रो लहरको क्रममा दैनिक नयाँ संक्रमित १ सय ४९ सम्म पुगेको थियो ।

    जुलाई २२ देखि दैनिक तेहोरो संख्यामा नयाँ संक्रमित भेटिने क्रम अगष्ट २ सम्म नियमित रहेको थियो । पहिलो दिन १ सय १२ भेटिएको थियो भने अन्तिम दिन १ सय १५ । अगष्ट ३ देखि भने नयाँ संक्रमितको संख्या दोहोरो अंकमा सिमित भएको थियो ।

    यो पन्ध्र दिनको अवधिमा अगष्ट ६ का दिन सर्वाधिक ९५ नयाँ संक्रमित भेटिएका थिए । अगष्ट ११ का दिन सबै भन्दा थोरै ३३ जनामात्र नयाँ संक्रमित थपिएका थिए । अप्रिलको मध्यदेखि नयाँ संक्रमितको संख्या न्यून भएसंगै सामाजिक दूरीको नियममा खुकुलो गरिएको थियो । तर जुलाईको शुरुदेखि नै तेश्रो लहर देखिएसंगै उक्त नियम क्रमशः कडा गरिएको छ ।

    आजको मितिसम्ममा हङकङमा जम्मा संक्रमितको संख्या ४ हजार ५ सय २५ पुगेको छ । मर्नेको संख्या ६९ रहेको छ भने ३ हजार ५ सय ९९ जना उपचारपछि घर फर्किएका छन् । ८ सय ५७ जना उपचारको क्रममा रहेका छन् ।

     

  • कमेन्ट गर्नुहोस्