• एयर इण्डियालाई दुई हप्ता प्रतिबन्ध

    आज अवतरण हुने एयर इण्डियाको उडान रद्द गरिएको जानकारी हङकङ विमानस्थलको वेभसाइटमा ।
  •  

    अगष्ट १८ । एयर इण्डियालाई आजदेखि लागू हुने गरी दुई हप्ताको लागि हङकङ उडानमा प्रतिबन्ध लगाइएको छ । अगष्ट १४ का दिनको उडानमा ११ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित भेटिएपछि प्रतिबन्ध लगाइएको एससीएमपी डटकममा उल्लेख गरिएको छ ।

    ‘उडान अघि गरिएको परीक्षणमा ती संक्रमितहरुको नतिजा नेगेटिभ देखिएकोले परीक्षण भरपर्दो देखिएन’ सरकारी श्रोतले भनेको छ, ‘हवाई कम्पनीले जहाज पूर्ण रुपले सफाई गर्न र निश्चित हुन आवश्यक छ कि आगामी उडान त्यस किसिमको समस्या नदेखियोस् ।’

    यो निर्णयसंगै आज ४ः३० बजे अवतरण हुने भनिएको उडान नं. एआई३१० रद्द गरिएको छ । भारतको समय अनुसार बिहान ८ः३० मा हुने भनिएको उक्त उडानमा २ सय भन्दा बढी यात्रु रहेका थिए ।

    जुलाई ३० मा अध्यागमन विभागले भारतको लकडाउनमा परेका हङकङको पासपोर्टवाहक ५ सय ९० सहित ६ हजार ७ सय जनाले सम्पर्क गरेको बताएको थियो । तीमध्ये करिव ३ हजार जना हङकङ आइसकेका छन् ।

    जुलाई २५ देखि भारत, अमेरिकालगायत कोभिड–१९ को उच्च खतरा रहेका ९ देशका यात्रुलाई हङकङ आउन अघि संक्रमण नभएको प्रमाणपत्र पेश गर्न अनिवार्य गरिएको छ ।

     

  • कमेन्ट गर्नुहोस्