• नयाँ संक्रमित एकल अंकमा

    डा. चुङ शुक–क्वान नियमित पत्रकार सम्मेलनमा । श्रोत: आरटीएचके ।
  •  

    अगष्ट २४ । कोरोनाभाइरस (कोभिड–१९)को तेश्रो लहर देखापरेपछि दैनिक नयाँ संक्रमितको संख्या पहिलो पटक एकल अंकमा झरेको छ । दैनिक नयाँ संक्रमितको संख्या जुलाई ३० का दिन १ सय ४९ पुगेपछि घट्न थालेकोमा आज ९ मात्र भेटिएको छ ।

    अगष्ट १७ देखि दैनिक संक्रमितको संख्या ५० भन्दा कम रहेको थियो । आज मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ । जुलाई ३ देखि शुरु भएको तेश्रो लहरमा दैनिक मृत्यु हुनेको संख्या ७ सम्म पुगेको थियो । जुलाई ९ का दिन ७ जनाको मृत्यु भएपछि घट्न थालेको संख्या दुई दिन अघिदेखि १ मा सिमित भएको थियो ।

    आजसम्म हङकङमा संक्रमितको संख्या ४ हजार ६ सय ९२ र मृत्यु हुनेको संख्या ७७ पुगेको छ । यस बीचमा ४ हजार ५२ जना निको भएका छन् भने ५ सय ६३ जना उपचाररत रहेका छन् ।

    नयाँ संक्रमितको संख्या एकल अंकमा घटेको कारण भोलिसम्म कडाई गरिएको सामाजिक दूरिको नियम पर्सीदेखि खुकुलो हुने अनुमान गरिएको छ । अहिले सार्वजनिक स्थलमा २ जना भन्दा बढी भेला हुन नपाउने नियम रहेको छ । संभवत यो संख्या ४ पुग्ने छ ।

  • कमेन्ट गर्नुहोस्