• नि:शुल्क कोभिड-१९ परीक्षणमा दश लाख सहभागी हुने

    कौलुन सिटिस्थित एक कोरोना टेस्टिङ सेन्टरमा सर्वसाधारणा । तस्बिर: एससीएमपी ।
  •  

    ५ सेप्टेम्बर ।  हङकङमा आज शनिबार सात जना कोभिड‑१९ सङ्क्रमित भेटिने अनुमान छ। मेडिकल श्रोतले बताए अनुसार यो दुई महिनायता कै न्युन हो। साथै दश लाख शहरवासी नि:शुल्क परीक्षण योजनामा सहभागी हुनेछन्। योजना एक पटकका लागि मात्रै लागु हुनेछ।

    सेक्रेटरी फर इन्नोभेसन एन्ड टेक्नोलोजी अल्फ्रेड सित विङ‑हाङले पुनर्प्रयोग गर्न मिल्ने नि:शुल्क मास्क स्थानीयवासीलाई चाँडै वितरण गरिने बताए। यो समाचार तयार गर्दै गर्दा आज पाँच जना सङ्क्रमित फेला परिसकेका छन्। यो जुलाई ३ यता एक दिनमा फेला परेको सबैभन्दा कम सङ्क्रमित सङ्ख्या हो। शुक्रबारसम्म शहरमा ४‚८५० जना कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन्। त्यसैगरि ९५ जनाले ज्यान गुमाइसकेका छन्।

    सेक्रेटरी फर सिभिल सर्भिस प्याट्रिक निप ताक‑क्वेनले आज ११:३० बजेसम्म दश लाखभन्दा धेरै स्वास्थ्य परीक्षण गराउन दर्ता भएको फेसबुकमार्फत जानकारी दिए। शुक्रबारसम्म साढे ६ लाख व्यक्तिको नमूना सङ्कलन गरिएको र दर्तापछि परीक्षणका लागि ९० प्रतिशत उपस्थित भएको उनले बताए छन्। सरकारी अनुमानभन्दा धेरै भएको उनले बताए।

    इन्नोभेसन सेक्रेटरीले करिब १६० गुनासो दर्ता भएको बताएका छन्। केहिले आफ्नो परिचय अरूले नै प्रयोग गरेको गुनासो गरेका थिए।

    “उदाहरणका लागि गुनासो दर्ता हुनेलाई नातेदार र साथीभाइले दर्ता गराएकोबारे थाहा थिएन। करिब ९० जनाको पहिचान चोरी भएको हाम्रो आशङ्का छ। हामी यसलाई गम्भीर रूपमा लिएका छौं र प्रहरीलाई जानकारी गराउनेछौं‚” उनले एउटा रेडियो कार्यक्रममा बताए।

    यो महिना सर्वसाधारणलाई सियुमास्कप्लस (CuMask+) दिनेबारे सरकारले विचार गरिरहेको पनि सितले बताए।

    “महाव्याधि जाडोमा बढ्नसक्छ। त्यसैले आउने एक‑दुई सातामा हामी मास्क वितरण गर्नेबारे विचार गरिरहेका छौं‚” उनले भने।

    परीक्षणमा भाइरस नभएको पुष्टि भए क्वारेन्टिन नबसी मकाउ र ग्वाङदोङ यात्रा गर्न पाउने हेल्थ कोड सिस्टम स्वास्थ्य सङ्कट नियन्त्रण भएपछि शुरू हुने सितले बताए।

    जिजि चोय लिलियन चेङ कनिस ल्योङ

  • कमेन्ट गर्नुहोस्