• जिम्मी लाईले सफाई पाए‚ न्याय विभागले अपिल गर्ने

  •  

    मिडिया टाईकून जिम्मी लाई ची‑यिङलाई म्याजिस्ट्रेटले सफाई दिएको निर्णय विरूद्ध न्याय विभागले बिहीबार अपिल गरेको छ । जिम्मीविरूद्ध सन् २०१७ मा प्रतिद्वन्द्वी समाचारपत्रका संवाददातालाई धम्क्याएको आरोप लगाइएको थियो ।

    अदालतको फैसलापछि दुई सातासम्म अपिल गर्न पाउने समयावधिको अन्तिम दिन अपिल गरिएको हो ।

    संक्षिप्त वक्तव्य जारी गर्दै म्याजिस्ट्रेट्स अर्डिनेन्स अन्तर्गत अपिल दर्ता गराएको विभाजले जनाएको छ। कानूनका उल्लेखनीय बुँदाहरू संलग्न भएपछि यस्ता अपिल संस्थागत हुन्छन् ।

    “कानूनी प्रक्रिया अघि बढेकाले यसबारे थप प्रतिक्रिया दिनु उपयुक्त हुँदैन‚” वक्तव्यमा भनिएको छ ।

    एप्पल दैनिक समाचारपत्रका ७२ वर्षिय संस्थापक जिम्मीलाई ओरियन्टल डेली न्यूजका संवाददातालाई धम्क्याएको आरोप थियो। तियाननमेन स्क्वायरमा भएको दमनको घटनाको स्मरणमा वार्षिक रूपमा जून ४ मा कार्यक्रम हुन्छ । त्यहि कार्यक्रममा सहभागी हुन कजवे बेको भिक्टोरिया पार्क आएका लाईको तस्बिर र भिडियो खिचेपछि कसैलाई लगाएर ठिक पार्ने भन्दै धम्की दिएको आरोप लगाइएको हो ।

    गत महिना म्याजिस्ट्रेट मे चुङ मिङ‑सनको वेस्ट काउलुन कोर्टमा मुद्दाको सुनुवाई भएको थियो ।

    आरोप लगाउने संवाददातालाई अदालतले गोपनीयता दिएको थियो। उनलाई एक्स भनेर सम्बोधन गरिएको थियो। घटनापछि तनावका कारण उदास रहने र एड्जस्टमेन्ट डिस्अर्डर भएको उनले बयान दिएका थिए ।

    लाईले सावधान गराउने नियतले चोटपटकको धम्की दिएको सरकारी वकिलले आरोप लगाए ।

    प्रतिवादी वकिलले ओरियन्टल डेलीको आचारसंहितामा प्रश्न गरे। समाचारपत्र र त्यहाँका कर्मचारीले वर्षौंदि लाईविरूद्ध दबाव दिएको र आवेगमा गाली गरेको उनीहरूको कथन थियो ।

    कार्यक्रममा संवाददाताको सामना गर्दा लाई स्वतस्फुर्त ढङ्गले विस्फोट भएको प्रतिवादी वकिलको तर्कलाई चुङले स्वीकारिन् । घटनाको भिडियो हेर्दा चिन्तित देखिनुको साटो लाईको प्रतिक्रियामा संवाददाता हाँसेजस्तो देखिएकोले उनी कति पनि नडराएको चुङले बताइन् ।

    लाईलाई शान्त पार्न हाँसेको अभिनय गरेको भन्ने संवाददाताको बयानलाई म्याजिस्ट्रेटले अस्वीकार गरिन्। संवाददाता झूठो भएको उनले आरोप लगाइन् । दुई जनाबीच भएको अन्तर्क्रियाबारे प्रश्न गर्दा टालटुल पारेजस्तो देखिएको उनले बताइन् ।

    मिडिया टाईकून लाई बेईजिङविरूद्ध आलोचनात्मक अडान राख्ने व्यक्तिका रूपमा परिचित छन् । नयाँ राष्ट्रिय सुरक्षा कानून अन्तर्गत गएको महिना गिरफ्तार गरिएका दश जना उच्च‑पदस्थ व्यक्तिमध्ये उनी पनि एक हुन्। लाईसहित अन्य पाँच जनालाई क्राउडफन्डिङ वेबसाइट प्रयोग गरेर विदेशी शक्तिसँग साँठगाँठ गरेर षडयन्त्र गरेको आरोप लगाइएको थियो । अन्य चार जनाले व्यावसायिक ठगी गरेको आरोप थियो। सबैलाई धरौटीमा रिहा गरिएको छ। अनुसन्धान जारी छ ।

    कोभिड‑१९ रोकथामका लागि सार्वजनिक भेला गर्दा सङ्ख्या सीमित राख्ने निर्णय भएको थियो। सोहि क्रममा भिक्टोरिया पार्कमा हुने जून ४ को कार्यक्रम प्रतिबन्ध गरिएको थियो। गैरकानूनी रूपमा भेला भएको आरोप लागेका अभियन्ता र प्रतिपक्षका व्यक्तिमध्ये लाई पनि एक हुन्। अक्टोबरमा मुद्दाको सुनुवाइ हुनेछ ।

    प्रतिक्रियाका लागि लाईको प्रवक्तासँग सम्पर्क हुन सकेन । एप्पल डेली र मूल कम्पनी नेक्स्ट डिजीटलले कुनै प्रतिक्रिया नभएको बताए ।

    –ङ काङ‑चुङ

  • कमेन्ट गर्नुहोस्