• क्वारेन्टिन अवधि अब २१ दिन

    क्वारेन्टिन सुविधा उपलब्ध गराउनेमध्ये एक होटल । तस्वीर स्राेत: द स्ट्याण्डर्ड
  •  

    डिसेम्बर २५ । विदेशबाट आउने जो कोहीका लागि १४ दिने अनिवार्य होटल क्वारेन्टिनको अवधि २१ दिन बनाइएको छ । थप एक हप्ताको अवधि आजैका मितिदेखि लागू हुने स्वास्थ्य विभागले जनाएको छ ।

    कोरोनाभाइरस (कोभिड–१९) माहामारीको चौथो लहर स्थानीय रुपमा फैलिएपछि कडा गरिएको नियम अनुसार ताइवान, मकाउ र चीनका विभिन्न शहरबाट आउनेहरूले भने १४ दिन अनिवार्य घरमै क्वारेन्टिनमा बस्नु पर्ने छ ।

    स्वास्थ्य विभागका अनुसार सामान्यतया कोभिड–१९ को भाइरसको प्रभाव १४ दिनसम्म रहने विश्वास गरिएको भए पनि केही व्यक्तिमा त्यो भन्दा बढी देखिएकोले सुरक्षा अवधि बढाइएको हो ।

    होटल क्वारेन्टिनको नियम पनि कडा पारिएको भुक्तभोगीहरूले बताएका छन् । शुरूवातमा होटल क्वारेन्टिनमा रहनेहरूले बाहिरबाट खाना मगाएर खान पाउने भए पनि हाल होटलले उपलब्ध गराएको खाना खानु पर्ने छ ।

    हङकङमा यो समाचार तयार पार्दै गर्दा कोभिङ–१९ संक्रमितको संख्या ८ हजार ४ सय २५ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ३५ रहेको छ । अहिलेसम्म ७ हजार २ सय ३ जना निको भइसकेका छन् भने १ हजार ८७ जना उपचाररत छन् ।

  • कमेन्ट गर्नुहोस्