• कोभिड-१९ संक्रमितको संख्या घट्दो

    स्वास्थ्य संरक्षण सरुवा रोग शाखा प्रमुख डा.चुङ सुक-क्वान नियमित पत्रकार सम्मेलनमा । तस्बिर श्रोतः सूचना विभाग ।
  •  

    जनवरी १ । हङकङमा कोरोनाभाइरस (कोभिड-१९)को चौथो लहरमा संक्रमितको संख्या घट्दो रहेको छ । घट्ने क्रममा आज ४२ जनामात्र संक्रमित फेला परेको छ । ५० भन्दा कमको यो संख्या नोभेम्बर २२ यताकै पहिलो हो ।

    आज भेटिएकामध्ये ३६ जना स्थानीय संक्रमित रहेका छन् भने बाँकी बाहिरबाट आएकाहरु रहेका छन् । स्थानीयमध्ये १३ संक्रमितको श्रोत पत्ता लागेको छैन । २३ जना भने यो भन्दा अघि भेटिएका संक्रमितहरुसंग सम्पर्कित रहेका छन् ।

    नोभेम्बरको दोश्रो सातादेखि शुरु भएको चौथो लहरको क्रममा नोभेम्बर २९ का दिन सर्वाधिक १ सय १५ जना संक्रमित भेटिएको थियो । डिसेम्बर २० देखि दैनिक संक्रमितको संख्या दुई अंकमा झरेको थियो ।

    आजसम्ममा संक्रमितको संख्या ८ हजार ८ सय ८८ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ४८ रहेको छ । ७ हजार ९ सय १२ जना निको भइसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।

  • कमेन्ट गर्नुहोस्