• लकडाउन खोल्ने तयारी, नेगेटिभ हुने भित्र-बाहिर

    रिजल्ट नेगेटिभ आउनेहरु रिस्ट-बेन्डसहित प्रतिबन्धित क्षेत्र बाहिर निस्कदै । तस्बिर श्रोतः फेसबुक ।
  •  

    जनवरी २४ । हिजो बिहान ४८ घण्टाका लागि भनेर जोर्डनमा गरिएको लकडाउन खुला गर्ने तयारी भइरहेको छ । आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृह सचिव गृह सचिव क्यास्पर सुइले पीसीआर टेस्टको रिजल्ट नेगेटिभ आउनेले प्रतिबन्धित क्षेत्र बाहिर जान-आउन सक्ने बताएका छन् ।

    गृह सचिव सुइका अनुसार मध्य रातपछि लकडाउन खुला हुने छ । लकडाउन खुला भइनसके पनि प्रतिबन्धित क्षेत्रकाहरु बाहिर जान र पुनः आउन सक्ने भएपछि हातमा रिस्ट-बेन्ड लगाएकाहरु बाहिर घेरा बाहिर देखिएका छन् ।

    दुई दिनको परीक्षणमा लकडाउन गरिएको क्षेत्रमा १३ जनामा पोजिटिभ देखिएको स्वास्थ्य सचिव सोफिया चानले जानकारी गराएको रेडियो टेलिभिजन हङकङ (आरटीएचके)ले उल्लेख गरेको छ । उक्त अवधिमा लगभग ७ हजार जनाको परीक्षण गरिएको बताइएको छ ।

    ३ हजार ६ सय फ्लाट चेक गरिएकोमा ४ सय ७० वटाको ढोका नखुलेको पाइएको छ । ती ढोका नखुलेका फ्लाटका बासिन्दा कि त क्यारेन्टिनमा हुन सक्ने वा मानिस नबसेको हुन सक्ने अनुमान गरिएको छ । वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको सम्बन्धित निकायले जानकारी गराएको छ ।

  • कमेन्ट गर्नुहोस्