• सामाजिक दुरी सम्बन्धी नियम खुकुलो

    सेन्टर फर हेल्थ प्रोटेक्सनका चुवाङ शुक- क्वान दैनिक पत्रकार सम्मेलनमा । तस्बिरः आरटीएचके ।
  •  

    फेब्रुअरी १७ । कोरोनाभाइरस (कोभिड-१९)को चौथो लहरसंगै कडा गरिएको सामाजिक दुरी सम्बन्धी नियम भोलिदेखि केही खुकुलो हुने भएको छ । नियम खुकुलो भएपछि करिब तीन महिनादेखि बन्द रहेका ब्युटि पार्लर, मसाज सेन्टर, जिमखाना, सिनेमा, पार्टि प्यालेसलगायत खुल्नेछन् ।

    रेष्टुरेन्टको समय रातको १० बजेसम्म बढाइएको छ भने एउटा टेबलमा चारजना बस्न पाउनेछन् । अहिले रेष्टुरेन्टमा साँझ ६ बजेदेखि खान पाइने छैन भने एउटा टेबलमा दुईजनामात्र बस्न पाउछन् । यस पटक रेष्टुरेन्ट सञ्चालकले दुई नियम अनिवार्य रुपमा पालना गर्नु पर्ने छ । उनीहरुले कामदारहरुलाई प्रत्येक १४ दिनमा अनिवार्य कोभिड-१९ परीक्षण गराउँनु पर्नेछ भने ‘लिभहोमसेभ’ एप्समार्पmत प्रत्येक ग्राहकको रेकर्ड राख्न पर्ने छ ।

    स्वास्थ्य विभागको नियमिति प्रेस कन्फरेन्सका अनुसार हिजो र अस्ति एकल अंकमा झरेको संक्रमित संख्या आज दोहोरो अंकमा भेटिएका छन् । आज भेटिएका १६ संक्रमितमध्ये १२ जना स्थानीय रहेका छन् । ४ जना संक्रमित अष्ट्रिया, पाकिस्तान र फिलिपिन्सबाट आएका हुन् ।

    आज भेटिएका दुई संक्रमित चिनियाँ नयाँ वर्षको विदाको समय सामाजिक भेटघाटमा सरिक भएको पाइएपछि उनीहरुका ५० र २० जना आफन्तहरुलाई क्वारेन्टिनमा राखिएको छ । भेटघाटको समयमा उनीहरुले प्राय मास्क प्रयोग नगरेको बताइएको छ ।

  • कमेन्ट गर्नुहोस्