• कोभिड–१९ विरुद्धको खोप अर्को सातादेखि

    निजामति सेवा सचिव प्याट्रिक निप (दायाँबाट तेश्रा)लगायत खोप कार्यक्रमको घोषणा गर्दै । तस्बिरः सूचना विभाग ।
  •  

    फेब्रुअरी १९ । कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध खोप कार्यक्रम आगामी सातादेखि शुरु हुने भएको छ । चीनमा निर्मित खोप साइनोभ्याकको १० लाख खुराक आज आइपुग्ने भएपछि सरकारले उक्त घोषणा गरेको हो ।

    सरकारी घोषणा अनुसार ६० वर्ष भन्दा बढी उमेरका, चिकित्सा क्षेत्रका कर्मचारी, वृद्धा–अशक्त हेरचाह गृहमा रहने र कर्मचारी, अत्यावाश्यक सामुदायिक सेवामा कार्यरत, बाह्य यातायात क्षेत्रका कर्मचारीलाई प्राथमिकताकासाथ पहिलो चरणमा खोप लगाइने छ । ७० वर्ष भन्दा माथिकालाई खोप लगाउँदा सहयोगीको आवश्यक पर्ने छ ।

    २६ फेब्रुअरीदेखि शुरु हुने कार्यक्रमका लागि २३ तारिकदेखि अनलाइन बुकिङ गर्न सकिने छ । १८ जिल्लाका २९ वटा खोप केन्द्रबाट बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खोप लगाउन सकिने तय गरिएको छ ।

    हङकङ सिनोभ्याक बाहेक जर्मनीमा बनेको बायोटेक र बेलायतको एस्ट्राजेनेका खोप पनि ल्याउने योजनामा रहेको छ । बायोटेकको खोप यही महिनाको अन्तसम्ममा आइपुग्ने आशा गरिएको छ ।

    खोप सम्बन्धमा विस्तृत जानकारीका लागि

  • कमेन्ट गर्नुहोस्