• बायोएनटेक सम्बन्धी अनुसन्धान अर्को साता

    खोप मिसावट नगर्न विज्ञको सुझाव

    बायोएनटेक खोप स्थागित भएपछि खोपकेन्द्रमा राखिएको सूचना । तस्बिरः रोयटर्स ।
  •  

    मार्च २७ । प्याकेजिङमा समस्या देखिएपछि स्थगित गरी अनुसन्धान भइरहेको बायोएनटेक खोप सम्बन्धी यथार्थता अर्को साताभित्र आइसक्ने निजामति सेवा सचिव प्याट्रिक निपले बताएका छन् ।

    आज बिहान एक रेडियो कार्यक्रममा सचिव निपले खोप उत्पादक कम्पनीले स्वास्थ्य सम्बन्धी कुनै समस्या नरहेको जानकारी गराएमा स्थागित कार्यक्रमलाई अघि बढाइने जानकारी गराएका थिए । उनका अनुसार उत्पादक जर्मनी कम्पनी बायोएनटेक र आपूर्ति चिनियाँ कम्पनी फोसन फर्माले अनुसन्धान गरिरहेको छ ।

    बायोएनटेक खोपको केही प्याकेटमा बोतलको बिर्को राम्ररी नलागेको, चर्किएको, बाहिर पोखिएकोलगायत समस्या देखिएपछि स्थगित गरिएको छ । उक्त समस्याले खोप लिनेको स्वास्थ्यमा असर पर्छ–पर्दैन भनेर उत्पादकलाई सरकारले जानकारी र अनुसन्धान गर्न माग गरेको छ ।

    निजामति सेवा सचिव प्याट्रिक निपले खोप सुचारु भएपछि पहिलो खुराक लगाइसकेकाहरुलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनका अनुसार करिव १ लाख ५० हजारले पहिलो खुराक लिइसकेका छन् । दोश्रो खुराकका लागि २१ दिनपछिको समय निश्चित (बुक्ड) गरिसकिएको छ ।

    रोग नियन्त्रण तथा रोकथाम सेन्टर अमेरिकाले दुई खुराकबीचको समय १९ देखि ४२ दिन हुनु पर्ने बताएको छ । ४२ दिन कटे पनि पहिलो खोप लगाउन नपर्ने तर सकेसम्म चाडो लगाउन सेन्टरको सुझाव रहेको छ ।

    यसैबीच प्राफेसर वालास लाउले खोप मिसावट नगर्न सुझाएका छन् । पहिलो खुराक बायोएनटेक लिनेले दोश्रो खुराक साइनोभ्याक लिन हुने कि नहुने भन्ने अन्यौलता रहेको छ । हङकङमा अहिले दुई खोप उपलब्ध रहेको छ । प्रोफेसर लाउ कोभिड–१९ विरुद्ध खोप परियोजनाका लागि सरकारद्वारा नियुक्त सल्लाहकार हुन् ।

  • कमेन्ट गर्नुहोस्