• चार महिनामा पहिलो पटक संक्रमित शून्य

    युनलङस्थित ओनहिङ प्लेग्राउण्डमा कोभिड–१९ परीक्षणका लागि लामबद्ध स्थानीय । तस्बिरः एभरेष्टखबर ।
  •  

    मार्च २७ । कोरोनाभाइरस (कोभिड–१९)को चौथो लहर शुरु भए यता चार महिनामा पहिलो पटक आज स्थानीय संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो पटक नोभेम्बर १६ का दिन संक्रमितको संख्या शून्य रहेको थियो ।

    आज भेटिएका ६ जना संक्रमित सबै आयातित रहेका छन् । भारत, पाकिस्तान, फिलिपिन्स र इन्डोनेशियाबाट आएका उनीहरु २८–४५ वर्षका रहेका छन् । आजको समेत गरेर हङकङमा संक्रमितको संख्या ११ हजार ४ सय ४५ पुगेको छ भने २ सय ५ जनाको मृत्यु भएको छ ।

    आजको तथ्यांकबाट उत्साहित सरकारी महामारी सल्लाहकार युन क्वोक–युङले शून्य संक्रमित लक्ष्यको नजिक रहेको प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सर्वसाधरणलाई खोप लिनका लागि प्रोत्साहित गरेका छन् । उनका अनुसार १४ देखि २८ दिनसम्म स्थानीय संक्रमित शून्य रहे हङकङ कोरोनामुक्त हुने छ ।

  • कमेन्ट गर्नुहोस्