• दोश्रो दिन पनि शून्य संक्रमित

  •  

    मार्च २८ । आज दोश्रो दिन पनि हङकङमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमित स्थानीय शून्य रहेको छ । स्वास्थ्य प्राधिकरणका अनुसार एकजना भेटिएको संक्रमित इन्डोनेशियाबाट आइपुगेकी २४ वर्षिया महिला रहेकी छन् ।

    तर तेश्रो दिन स्थानीय संक्रमित शून्य रहने संभावना रहेको छैन । बाप्टिष्ट युनिभर्सिटिको एक विद्यार्थी संक्रमित भएको आशंका गरिएको छ । विगत १४ दिनभित्र भेटिएका १ सय १० संक्रमितमध्ये २९ जनाको श्रोत पत्ता लाग्न सकेको थिएन ।

    स्थानीय चिङमिङ फेस्टिभल र इस्टरको विदामा सामाजिक भेटघाट रहने भएकोले संक्रमित भेटिइने आशंका गरिएको छ । विशेषज्ञ प्राध्यापक डेभिड हुइले ‘थप होशियार’ रहन आवश्यक रहेको बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्