• मार्टिन लीलाई दुई वर्ष निलम्बित जेल सजाय

    डेमोक्रेटिक पार्टिका संस्थापक सभापति मार्टिन ली वेस्ट कौलुन अदालत परिसरमा । तस्बिरः एससीएमपी ।
  •  

    अप्रिल १६ । डेमोक्रेटिक पार्टिका संस्थापक सभापति मार्टिन लीलाई दुई वर्ष निलम्बित ११ महिने जेल सजाय तोकिएको छ । गैरकानुनी विरोध प्रदर्शनमा भाग लिएको आरोप सम्बन्धी मुद्दामा नौ जना प्रजातान्त्रिक पक्षधर राजनीतिकर्मीलाई ८ महिनादेखि १८ महिनासम्मको जेल सजाय सुनाइएको छ ।

    सातजना निवर्तमान विधायकसहित ली र सञ्चार उद्यमी जिम्मी लाइलाई सन् २०१९ मा भएका सरकार विरोधी प्रदर्शनी आयोजना गरेको र सहभागी भएको आरोप सम्बन्धी मुद्दामा आज वेस्ट काउलुन अदालतले उक्त सजाय सुनाएको हो ।

    सबै भन्दा बढी ल्योङ क्वोक–हुङलाई १८ महिना जेल सजाय तोकिएको छ । ली चुक यान र जिम्मी लाइको जेल सजाय १२ महिना रहेको छ । त्यसै गरी अउ नोक–हिनलाई १० महिना र सिड होलाई ८ महिना जेल सजाय तोकिएको छ ।

    लीसहित चारजनाको जेल सजाय भने निलम्बन गरिएको छ । सजाय निलम्बनमा परेका अल्बर्ट हो र मार्गरेट ङलाई १२ महिना र ल्योङ चिउ–चुङलाई ८ महिना जेल सजाय तोकिएको छ । सोलिसिटर एकनारायण शर्माका अनुसार निलम्बन गरिएको समयभित्र अभियुक्त कुनै अपराधमा संलग्न नभए उक्त जेल सजाय मिनाहा हुने छ ।

    सुपुर्दगी विधेयक विधानसभामा पेश गरिने भएपछि श्रृंखलाबद्ध विरोध प्रदर्शनी भएका थिए । शुरुवातमा शान्त रहेको विरोध प्रदर्शनी पछि गएर तोडफोड र आगजनीमा परिवर्तित भएको थियो ।

  • कमेन्ट गर्नुहोस्