• खोप अब १६ वर्षसम्मकालाई दिइने

  •  

    अप्रिल १६ । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अब १६ वर्ष उमेरसम्मकाले लिन सक्ने भएको छ । ३० वर्ष भन्दा माथिकालाई मात्र खुला गरिएको खोप कार्यक्रम सरकारले विस्तार गर्ने भएको हो ।

    निजामति सेवा सचिव प्याट्रिक निपका अनुसार अप्रिल २३ बिहान ११ बजेदेखि विस्तार गरिएका उमेरकाले खोप बुक गर्न सक्नेछन् । उनका अनुसार सिनोभ्याक १८ वर्ष माथिकालाईमात्र र त्यो भन्दा कम उमेरकालाई बायोएनटेक खोप दिइने छ ।

    कोभिड खोप कार्यक्रमका लागि २९ वटा सामुदायिक खोप केन्द्रको व्यवस्था गरिएको छ, ती केन्द्रहरु सेप्टेम्बर अन्तिमसम्म सञ्चालन गर्ने सरकारको योजना रहेको छ । १८ अस्पतालका बहिरङ्ग विभागमार्फत पनि खोप दिइने गरिएको छ । यसका साथै नीजि चिकित्सक र अस्पतालबाट पनि सेवा लिन सकिने छ ।

    सरकार ‘सामुहिक प्रतिरक्षा’ (हर्ड इम्युनिटि)को लक्ष्य प्राप्तिमा रहेको छ । यसको लागि जनसंख्याको ७० प्रतिशतले खोप लिन आवश्यक रहेको छ । अहिलेसम्म ७५ लाख जनसंख्याको लगभग १५ प्रतिशत खोप कार्यक्रममा सहभागी भइसकेका छन् । दुवै खोप लिनेको संख्या लगभग ३ लाख ५० र पहिलो खोप लिने ६ लाख ७० हजार पुगेको छ ।

  • कमेन्ट गर्नुहोस्