• बेलायतबाट आउने यात्रुलाई बन्देज

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलकाे आवगमन द्वार । फायल तस्बिर ।
  •  

    जुन २९ । बेलायतबाट आउने जो कोही यात्रुलाई आगामी बिहीबार, जुलाई १, देखि हङकङ अवतरणमा बन्देज लगाइएको छ । हङकङ सरकारले बेलायतलाई अत्यन्त उच्च जोखिम समूह (ए वान)मा राखेपछि उक्त प्रावधान लागू गरिने भएको हो ।

    रोग रोकथाम तथा नियन्त्रण विनियम अन्तर्गत सीमा पारवहन तथा यात्रु नियमन अनुसार बेलायतबाट आउने यात्रुहरुमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या हद भन्दा बढी भएपछि बन्देजको प्रावधान लागू भएको हो । यससंगै बेलायतबाट आउने हवाई उडान स्थगित भएको छ ।

    यस प्रावधान अनुसार बेलायतमा दुई घण्टा भन्दा बढी समय बिताएका जुनसुकै देशबाट आएका यात्रु हङकङ अवतरण गर्न पाउने छैनन् । अहिले हङकङमा ब्राजिल, भारत, इण्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन र दक्षिण अफ्रिकाका यात्रुलाई बन्देज लगाइएको छ ।

  • कमेन्ट गर्नुहोस्