• अवैध जुवाखालबाट पाँच नेपाली पक्राउ

  •  

    जुलाई १७ । अवैध जुवाखालबाट पाँच नेपाली पक्राउ परेका छन् । १९९ टेम्पल स्ट्रिटमा प्रहरीले छापा मार्दा २७ वर्षीय जुवा अड्डा सञ्चालक युवासहित (३१-५३ वर्षका) दुई महिला र दुई पुरुष पक्राउ गरेका छन् ।

    स्थानीय चिनियाँ भाषाको पत्रिका ओरियन्टल डेली न्युजका अनुसार विशेष सूचना प्राप्त भएपछि याउचिम जिल्ला प्रहरीको विशेष टोलीले उक्त फ्लाटमा छापा मारेको थियो । प्रहरीले नगद दुई हजार हङकङ डलरसहित कार्ड, कार्ड रिडर र फिसिङ मेसिन बरामद गरेको छ ।

    पक्राउ परेकाहरुलाई अवैध जुवा सञ्चालन र सामाजिक दूरीको नियम उलङ्घनको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ ।

  • कमेन्ट गर्नुहोस्