बोटोक्स सुईं लगाएपछि एक महिलाको मृत्यु
एससीएमपी
November 12, 2018
ब्युटी क्लिनिकमा बोटोक्स सुईं लगाएपछि गम्भिर बिरामी परेकी एक महिलाको सोमबार बिहान मृत्यु भएको छ ।
आईतबार साँझ करिब ५ बजेतिर, चिम चा चुईस्थित ग्रान्ड सेन्टरको उक्त क्लिनिकका कर्मचारीले च्योङ नाम गरेकी ती ५२ वर्षिया महिला बेहोश भएको जानकारी दिएका थिए ।
प्रारम्भिक अनुसन्धानपछि, ती महिलाले कस्मेटिक उपचार गराएको हुनसक्ने प्रहरीले शंका गरेको थियो । हालसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन । यो “बोटोक्स पोइजनिङ” सम्बन्धी यस महिना घटेको तेश्रो घटना हो ।
ती महिलालाई गम्भिर अवस्थामा क्विन एलिजाबेथ अस्पताल पठाईएको थियो । सोमबार बिहान पौने दश बजेतिर उनलाई मृत घोषणा गरियो । एक जना प्रहरी श्रोतका अनुसार ती महिलाले क्लिनिकमा बोटोक्सको १० शट लगाएकी थिईन् ।
प्रतिक्रियाका लागी पोस्टले क्लिनिकसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।
बोटोक्स, वा बोटुलिनम टक्सिन, प्रारम्भमा चिकित्सकिय प्रयोजनका लागी प्रयोग गरिन्थ्यो, तर आजभोली यसलाई अनुहारको चाउरी हटाउने वा मांसपेशीलाई प्यारालाईज वा पक्षघात गराई शरीरको लक्षित भागको मोटोपन घटाउने कस्मेटिक प्रकृयाहरुमा बढी प्रयोग गर्ने गरिन्छ ।
यद्यपि, ओभरडोज वा अत्यधिक मात्राको प्रयोग अथवा गलत स्थानमा सुईं लगाउनाले, श्वासप्रश्वास सम्बन्धी मांसपेशीमा पक्षघात भई सास फेर्न कठिनाई हुने वा मृत्युसम्म हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
नोभेम्बर १ मा, मुलभूमी चीनियाँ ब्युटिसियनबाट दुवै पिडौलामा बोटोक्स सुईं लगाएपछि एक जना ४१ वर्षिया महिला बिरामी परिन् । उनले कमजोरी, गला बसेको र निल्न कठिनाई भएको गुनासो गरेकी थिईन् । त्यसको भोलीपल्ट, चिम चा चुईको एउटा सैलुनमा गई अनुहारमा बोटोक्स सुईं लगाएपछि २४ वर्षिया अर्की महिला पनि क्विन एलिजाबेथ अस्पतालमा भर्ना भएकी थिईन् । उनलाई पनि कमजोरी, रिङ्गटा र वाक्वाकी लाग्नुका साथै सास फेर्न गाह्रो भएको थियो ।
कमेन्ट गर्नुहोस्

















