• घर किनेपछि बस्नुहोस् : ली का–शिङ

  • हङकङका सबैभन्दा धनी व्यक्ति ली का–शिङले विश्वले सुस्त आर्थिक वृद्धिको सामना गरिरहेको र शहरको सम्पत्ति बजार विरूद्ध अड्कलबाजी नगर्न शुक्रबार चेतावनी दिएका छन् ।

    “यो वर्ष, विश्व अर्थतन्त्र सम्भवत: एकदमै जटिल हुनेछ । सबै सावधान रहनुपर्छ,” लीले भने । ९० वर्षिय लीले गत वर्ष सिके एसेट होल्डिङ्स र सिके हचिन्सन ग्रुपको अध्यक्षबाट अवकाश लिएका छन् ।

    “मेरो विचारमा, यो वर्ष विश्वमा कुल ग्राहस्थ उत्पादन वद्धि दर न्युन रहनेछ । म विश्व अर्थतन्त्रमा ध्यान दिईरहको छु किनभने समूहको व्यापार ५२ देशमा फैलिएको छ ।”

    उनी वान चाईमा आयोजित सिके ग्रुपको वार्षिक रात्रीभोजमा शुक्रबार बोल्दै थिए ।

    अध्यक्षको पद सम्हालेका लीका छोरा भिक्टर लीले भने,“संरक्षणवादको उदय, निरन्तर जारी व्यापारिक विवाद, ब्रेक्जिटका अनिश्चितताहरू, राष्ट्रिय निर्वाचनका विभिन्न परिणामहरू र ब्याज दर वृद्धिको पुनरावृत्ति…यस्ता मुद्दाहरूले विश्वव्यापी वातावरण र केही हदसम्म हाम्रो समूहको व्यापारमा पनि तरंग ल्याएका छन् ।”

    कम्पनीको “पुनरावृत्ति हुने स्थिर आय वृद्धि गर्ने नियोजित रणनीति” ले लाभ दिएको र समूहको नगद बहाव एकदमै बलियो रहेको उनले बताए । हङकङको अर्थतन्त्रबारे चिन्तित छन् कि भन्ने प्रश्नमा ली का–शिङले बजारको अवस्थाबारे निर्धक्क रहेको बताए ।

    “म सन् १९४० देखि हङकङमा छु । यतिका वर्षसम्म हङकङ बाँचेकै छ,” उनले भने ।

    तर हङकङका घरहरू “अस्थिर” हुने उनले बताए ।

    “गच्छे अनुसार आफ्नै प्रयोगका लागि घर किन्नु राम्रो हो । अनुमानका आधारमा कहिले पनि किन्नुहुँदैन । यो केही अस्थिर हुन्छ ।”

    सरकारको रेटिङ एन्ड भ्यालुएसन डिपार्टमेन्टको तथ्याङक् अनुसार बितेका चार महिनामा घरको मुल्य ७.२ प्रतिशतले घटेको छ । केही विश्लेषहरूले यो वर्षको चौमासिकसम्म मुल्य घट्न सक्ने अनुमान गरेका छन् ।

    बिक्री बढाउनलाई निर्माण व्यवसायीहरूले नयाँ परियोजनाहरूमा धेरै छुट दिईरहेका छन् । उदाहरणका लागि, चाईना ओजरसिज ल्यान्ड एन्ड ईन्भेस्टमेन्टले ताई पोस्थित रिजेन्ट नजिकै पाँच महिना अघि शुरू भएको अर्को स्थानभन्दा ३२ प्रतिशत कम मुल्य प्रस्ताव गरेको छ ।

    यसै बीच, एशियाकै महँगो द पीकको माउन्ट निकोल्सनमा एक खरिदकर्ताले झण्डै ७३ करोड हङकङ मुल्य पर्ने घर खरिद नगर्दा बैना वापत बिहीबार ४६ लाख हङकङ डलर घाटा बेहोरेका छन् ।

    सिके ग्रुपले बितेको दुई वर्ष विश्वभर व्यापारिक अवसरको खोजीमा बिताएको छ ।

    हङकङको सम्पत्ति बजारमा सिके एसेटले आक्रामक शैली देखाउँछ कि भन्ने जिज्ञासामा शहरको आफ्नै फाईदाहरू भएको लीले बताए ।

    “तर तेल र उर्जाजस्ता केही व्यवसायहरु हामी शहरमा गर्न सक्दैनौं ।”

    तिन शुई वाईस्थित एउटा होटेललाई ५ हजार फ्ल्याट भएको आवास परियोजनामा रूपान्तरण गर्ने योजना सिक एसेटले मंगलबार सार्वजनिक गरेको छ । हार्बर प्लाजा रिसोर्ट सिटी होटेलमा भएको १ हजार १ सय कोठालाई प्रत्येक तलामा ५४ फ्ल्याट भएको आवासीय परियोजनामा रूपान्तरण गर्न कम्पनीले टाउन प्लानिङ बोर्डमा आवेदन दिएको  छ ।

    सुस्त आर्थिक वृद्धिका बावजुद, उनी र उनको परिवारले कुनै शेयर बिक्री नगरी समूहको शेयर खरिद गरेको पनि उनले बताए ।

    उदाहरणका लागि, ली का शिङ फाउन्डेसनले सिके एसेटको २९ लाख ८६ हजार शेयरका लागि १६ करोड ६० लाख हङकङ डलर खर्चिएको छ । योसँगै कम्पनीमा फाउन्डेसनको लगानी जनवरीदेखि ३३.४२ प्रतिशतले वृद्धि भएको छ ।

  • कमेन्ट गर्नुहोस्