• १५ घण्टा घेराउ, हात लाग्यो सुन्ना

  •  

    २२ जुन । सुपर्दगी विधेयकको विरोधमा आयोजित प्रदर्शनीबाट गिरफ्तार गरिएकाहरुको विना शर्त रिहाई र प्रहरी प्रमुखले माफी माग्नु पर्ने माग गर्दै १५ घण्टा प्रहरी प्रधान कार्यालय घेराउ गरिए पनि उक्त माग पूरा नहुने भएको छ ।

    न्याय सचिव टेरेसा चेङले गिरफ्तार कानुनको आधारमा गरिएको र प्रमाणिक तथ्यको आधारमा प्रक्रियागत नियम अनुसार कार्वाही अघि बढ्ने बताउँदै विना शर्त रिहा नगरिने स्पष्ट पारेकी छन् ।

    चार वरिष्ठ व्यारिष्टरहरुको नियुक्ती कार्यक्रमका प्रमुखअतिथि सचिव चेङले विधेयक प्रस्तुत गर्ने क्रममा तयारी नपुगेको र कमिकमजोरी रहेकोमा सरकारकोतर्पmबाट माफी मागिन् । कमजोरीका कारण समाज विभाजन भएको र तनावको स्थिति सिर्जना भएको सरकारी तर्क रहेको छ ।

    जुन १२ का दिन सडकमा उत्रेका लाखौं प्रदर्शनकारी र प्रहरीबीच सरकारी मुख्यालय अगाडि झडप भएको थियो । उक्त घटनामा प्रहरी लाठी चार्ज, अश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो ।

    घटनालाई प्रहरीले दंगा भनेर व्याख्या गरेको छ भने प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शनीमा अनावश्यक बल प्रयोग भनेको छ । प्रहरीका अनुसार प्रदर्शनकारीहरुले छाता, कैंची, नङ काट्नेलगायतका साधन प्रयोग गरेपछि बल प्रयोग गर्न परेको दावी गरेको छ ।

    यसै क्रममा भूतपूर्व प्रहरी प्रमुख एण्डी च्याङले प्रहरी कार्वाही आवश्यकीय र वैधानिक रहेको बताएका छन् । उनका अनुसार प्रहरीले माग्नु पर्ने कुनै जरुरत छैन । सन् २०१४ मा सम्पन्न ‘अकुपाइ मुभमेण्ट’को समय उनी प्रहरी प्रमुख रहेका थिए ।

    सुपर्दगी ऐन संशोधनका लागि प्रस्तावित विधेयकमा फरारत अभियुक्तलाई मूलभूमि चीनलगायतमा कानुनी प्रक्रियाका लागि सुपर्दगी गर्न सकिने प्रावधान रहेको छ । उक्त विधेयकको विरोधमा गत दुई हप्तादेखि प्रदर्शन भइरहेको छ ।

    यस विषयमा गर्भवती प्रेमिकालाई ताइवानमा हत्या गरी फरार अभियुक्त सुपर्दगी गर्न माग गरिए पनि ऐनमा प्रावधान नरहेकोले संशोधन आवश्यक रहेको सरकारी दावी छ । विपक्षीले भने चीनको न्यायलय निष्पक्ष नरहेको कारण सुपुर्दगी भएमा झुठा मुद्दामा फसाइने आरोप लगाएका छन् ।

  • कमेन्ट गर्नुहोस्