• सहुलियत दरको विद्युत योजना : ४० हजारभन्दा बढी गरिब परिवार लाभान्वित हुने

  • शहरको एउटा प्रमुख उर्जा कम्पनीले शुरु गरेको योजना अन्तर्गत ४० हजार गरिब परिवारले, यीमध्ये एक चौथाई सबडिभाईडेड फ्ल्याटमा बस्दछन्, आउने वर्षदेखि प्रयोग गरेको बिजुलीका लागि कम शुल्क तिर्न सक्नेछन् ।

    पहिलो वर्ष ७० करोड हङकङ डलर खर्च हुने उक्त अभियान सिएलपि पावरको कम्युनिटी इनर्जी सेभिङ फन्ड अन्तर्गत शुरु गरिएको एउटा कार्यक्रमकोम अंश हो । शहरको दुर्ई उर्जा कम्पनी नियमन गर्ने १५ वर्षे स्किम अफ कन्ट्रोन एग्रिमेन्ट अन्तर्गत जनाईएका प्रतिबद्धता अनुसार यो कार्यक्रम सन् २०१९ देखि सञ्चालन हुनेछ । ग्राहकहरूलाई उर्जा बचन गर्न सहयोग गरेवापत सरकारले सिएलपिलाई दिएको प्रोत्साहन राशीको ६५ प्रतिशतबाट उक्त लगानी जुटाईनेछ ।

    उक्त सम्झौता यो अक्टोबरदेखि लागु हुनेछ । कार्यक्रम अन्तर्गत, सिएलपिले काउलुन र न्यु टेरिटोरिजका गरिब परिवारलाई ५०० हङकङ डलर बराबरको वार्षिक सहुलियत प्रदान गर्नेछ । आवश्यकतामा रहेका घरधुरी पहिचान गर्न उर्जा कम्पनीले गैरसरकारी संस्थाहरूसँग
    काम गर्नेछ ।

    “उचित उम्मेदवार पत्ता लगाउन हामी विभिन्न गैरसरकारी संस्थाहरूसँग काम गर्नेछौं,” सिएलपिका प्रबन्ध निर्देशक चियाङ तुङ–क्योङले बताए ।

    व्यक्तिगत बिजुली मिटर जडान लगायत सबडिभाईडेड फ्ल्याटमा बस्नेहरूलाई सहयोग गर्न सिएलपिले करिब १ करोड हङकङ डलर छुट्याउनेछ । उक्त लगानीले उर्जा उपभोग न्युनिकरण गर्न गरिब परिवारलाई सहुलियत प्रदान गर्नेबाहेक, पुरस्कार प्रोत्साहनले विद्युत बचन गर्न ग्राहकलाई प्रोत्साहन गर्ने र व्यावसायिक ग्राहकहरूलाई उर्जा प्रभावकारी विद्युतीय उपकरणमा स्तरोन्नती गर्न सहुलियत दिने लगायतका उपायहरूलाई सहयोग गर्नेछ । अभियानको थप विवरण यो वर्षको चौथो त्रैमासिकमा घोषणा गरिनेछ ।

    बेग्लै सन्दर्भमा, अघिल्लो महिना शुरु भएको नविकरणनीय उर्जा फिड–इन टेरिफ योजनाका लागि हालसम्म १ सय ३० वटा आवेदश पाएको चियाङले बताए । एक–तिहाई आवेदन गाउँमा बसोबास गर्नेहरूले पठाएका छन् । बाँकी आवेदनहरू औद्योगिक भवन, विद्यालयहरू र गैरसरकारी संस्थाबाट आएका छन् ।

    योजना अन्तर्गत, नविकरणीय उर्जा सेवा, जस्तै छानामा राख्ने सोलार प्यानल वा वायु प्रणाली जडान गर्ने परिवार र व्यवसायले सफा विद्युतलाई शहरको पावर ग्रिडमा बजार मुल्यभन्दा बढी दरमा बिक्री गर्न सक्नेछन् । क्षमताको आधारमा प्रति युटि ३ देखि ५ हङकङ डलरभन्दा बढी हुनेछ ।

    वातावरण सचिव वोङ काम–सिङले “समाजले योजनाप्रति सकारात्मक प्रतिक्रिया दिएको” बताए र योजनाका कारण वृद्धि भएको आम्दानीका लागि बासिन्दाहरूले करको भार उठाउन नपर्ने विश्वास व्यक्त गरे ।

    नविकरणीय उर्जा प्रमाणपत्रको बिक्रीबारे प्रश्न गर्दा, योजनामा बढीभन्दा बढी स्थानीयलाई सहभागी गराउन प्रोत्साहन गर्नु सरकारको लागि पहिलो कदम भएको वोङले बताए र व्यवसायलाई प्रमाणपत्र बिक्री गर्न प्रयोगकर्ताका लागि विवरण पछि सार्वजनिक गरिनेछ ।

    -क्यारेन झाङ

  • कमेन्ट गर्नुहोस्