• थप पाँच देशको भ्याक्सिनलाई मान्यता

    भारत र पाकिस्तान परे पनि नेपाल परेन

    हङकङ–मकाउ–जुहाई ब्रिज पोइन्ट । तस्बिरः आरटीएचके ।
  •  

    हङकङका बासिन्दालाई फर्कन अनिवार्य लगाउनु पर्ने खोपका लागि थप पाँच देशको रेकर्डलाई मान्यता प्रदान गरिएको छ । भोलिदेखि लागू हुने गरी मान्यता प्राप्त गर्ने देशहरुमा भारत, पाकिस्तान, दक्षिण कोरिया, मलेशिया र थाइल्याण्ड रहेका छन् ।

    उच्च जोखिम समूहमा रहेका २५ देशबाट आउन पाउने हङकङका बासिन्दाहरुले तीन शर्त पूरा गर्न पर्ने छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट मान्यता प्राप्त खोपको पूरा मात्रा लगाएको, उड्न अघि ७२ घण्टा भित्रको कोरोनाभाइरस (कोभिड–१९) परीक्षण नेगेटिभ र २१ दिने क्वारेन्टिनका लागि होटल बुकिङ अनिवार्य रहेको छ ।

    नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगरका अनुसार नेपालको भ्याक्सिन रेकर्डलाई पनि चाडै मान्यता प्राप्त हुने सम्बन्धित निकायको आश्वासन रहेको छ । अरु देश थप हुने क्रममा नेपाल प्राथमिकतामा पर्ने उनले आशा गरेका छन् ।

    साता दिनको स्थिति मूल्यांकन पछि नयाँ नीति अख्तियार भइरहेको सन्दर्भमा अर्को साता थप देशलाई मान्यता दिइने संभावना रहेको छ । गत साता फिलिपिन्स, इन्डोनेशिया र टर्कीलाई मान्यता दिइएको थियो ।

    यसैबीच मकाउ र चीनबाट फर्कने हङकङका बासिन्दाले क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइएको छ । कार्यकारी प्रमुख क्यारी लामको घोषणा अनुसार मकाउ र चीनका बासिन्दालाई पनि अर्को साताबाट उक्त नियम हटाइने छ ।
    सेप्टेम्बर १५ देखि दैनिक दुई हजारजनालाई प्रवेश दिने सरकारको योजना रहेको छ । सेन्झेन बे र हङकङ–मकाउ–जुहाई ब्रिज पोइन्ट १–१ हजार कोटा तय गरिने छ ।

    गत नोभेम्बरदेखि लागू गरिएको ‘रिटनटुएचके’ योजना अनुसार मकाउ र चीनको ग्वाङडोङ प्रोभिन्सबाट फर्किएका लगभग दुई लाखजनामा एउटा पनि संक्रमित नभेटिएपछि क्वारेन्टिन फ्री लागू गरिएको हो । यस भन्दा अघि ती ठाउँबाट आएकाहरुले १४ दिन घरमै आइसोलेसनमा बस्नु पर्ने थियो । १४ दिन पाँच पटक कोभिड–१९ परीक्षण गर्नु पर्दथ्यो ।

  • कमेन्ट गर्नुहोस्