• थप देशका भ्याक्सिनलाई हङकङमा मान्यता

    नेपाललगायत दक्षिण एशियाली देश परेन

    गैर-आवासीय नेपाली संघ र हङकङ नेपाली महासंघका प्रतिनिधिहरु महावाणिज्यदूतावासमा ।
  •  

    अगष्ट ३१ । सरकारले केही देशका भ्याक्सिन रेकर्डलाई मान्यता दिएसंगै त्यहाँ पूर्ण मात्रामा कोरोनाभाइरस (कोभिड–९) विरुद्ध भ्याक्सिन लगाएका हङकङका बासिन्दा यहाँ प्रवेश गर्न पाउने भएका छन् । भोलि सेप्टेम्बर १ देखि लागू हुने नियममा समूह ए अन्तर्गत उच्च जोखिममा रहेका फिलिपिन्स, इन्डोनिशिया र टर्कीलगायतका देश रहेका छन् ।

    यस भन्दा अघि मूलभूमि चीन, हङकङ र मकाउ बाहेक विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्ट्रेन्जेन्ट रेगुलेटोरी अथोरिटिज (एसआरए)को नियमनमा रहेका ३६ देशका भ्याक्सिन रेकर्डलाई मात्र मान्यता दिइएको थियो । पछिल्लो अध्यावधिक सूचिमा मान्यता प्राप्त देशको संख्या ४३  रहेको छ ।

    यसै क्रममा प्रतिबन्धका कारण नेपालबाट फर्कन नपाएकाहरुका परिवारकोतर्फबाट गैर–आवासीय नेपाली संघ र हङकङ नेपाली महासंघले फुकुवासहित हङकङ आउनका लागि सम्बन्धित निकायमा पहल गरिदिन २६ अगष्टका दिन नेपाली महावाणिज्यदूतावासमा ज्ञापनपत्र बुझाएको थियो ।

    पीडित परिवारका अनुसार आफन्तहरु हङकङ फर्कन नपाएका कारण विभिन्न समस्या उत्पन्न भएका छन् । उनीहरुले कमाउने मान्छे नेपालबाट फर्कन नपाएपछि घरको भाडा, मोर्गेज र बैंक लोनलगायत तिर्न समस्या परेको दु:खेसो पोखेका थिए  । त्यसै गरी अस्पतालको फलोअप र विधार्थीको पढाईमा पनि असर परेको उनीहरुको कथन रहेको थियो ।

    नेपालबाट फर्कन नपाएका हङकङका नेपालीका आफन्तहरु महावाणिज्यदूतावासमा ।

    महावाणिज्यदूत उदयबहादुर रानामगरका अनुसार उक्त ज्ञापनपत्रको विषयमा सम्बन्धित निकायलाई अनुरोध गरिएको र त्यहाँबाट स्वास्थ्य विभागमा पठाइएको जानकारी प्राप्त भएको छ ।

    साधारणतय कोभिड–१९ सम्बन्धी नियम महिना दिनमा समीक्षा र अधावधिक भइरहेको सन्दर्भमा नेपाललगायत बाँकी समूह ए अन्तर्गत उच्च जोखिमयुक्त देशमा भ्याक्सिन लगाएका हङकङका बासिन्दाहरु सेप्टेम्बरभर आउन नपाउने अनुमान गर्न सकिन्छ ।

     

    अधावधिक सूचि अनुसार माथि उल्लेखित देशमा लगाइएको भ्याक्सिन रेकर्डलाई हङकङमा मान्यता दिइएको छ ।

  • कमेन्ट गर्नुहोस्