• नेपालको भ्याक्सिनलाई पनि मान्यता

    नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी हुने प्रमाणपत्रको नमूना ।
  •  

    सेप्टेम्बर १० । हङकङबासीलाई प्रवेशका लागि अन्ततः नेपालको भ्याक्सिन रेकर्डलाई पनि मान्यता प्राप्त भएको छ । नेपाली कन्सुलेटलाई भर्खरै हङकङ स्वास्थ्य विभागबाट प्राप्त लिस्ट अनुसार सेप्टेम्बर १५ देखि लागू हुने गरी नेपाललाई मान्यता प्रदान गरिएको हो ।

    नेपालबाट आउने हङकङबासीले नेपाल सरकारको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जारी गरेको फोटो र क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य ल्याउनु पर्ने छ । त्यसको साथै उड्न अघि ७२ घण्टा भित्रको कोरोनाभाइरस (कोभिड–१९) परीक्षण नेगेटिभ र २१ दिने क्वारेन्टिनका लागि होटल बुकिङ अनिवार्य रहेको छ ।

    पछिल्लो अद्यावधिक लिस्ट अनुसार हङकङ, चीन र मकाउ बाहेक नेपाललगायत ५२ देशको रेकर्डलाई मान्यता प्रदान गरिएको छ । नेपाल एयरलायन्सका कन्ट्रि म्यानेजर नवराज उपाध्यायका अनुसार नेपालको भ्याक्सिन रेकर्डलाई मान्यता प्राप्त भएकोले नियमित उडानलाई निरन्तरता दिने तयारी शुरु गरिएको छ ।

     

  • कमेन्ट गर्नुहोस्