• हङकङ विमानस्थलले सुरक्षा शुल्क बढाउने

  • हङकङबाट बाहिर जाने प्रत्येक यात्रुले अक्टोबरदेखि सुरक्षा शुल्क वापत थप ५ हङकङ डलर बुझाउनुपर्ने नयाँ नियमको सोमबार घोषणा गरिएको छ ।

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा शुल्क ४५ हङकङ डलरबा६ बढेर ५० हङकङ डलर पुग्नेछ । विमान कम्पनीहरुले संकलन गर्ने उक्त शुल्क सन् २०२१ मा फेरी बढ्नेछ । त्यतिबेला सुरक्षा शुल्क वापत प्रत्येक यात्रुले ५५ हङकङ डलर बुझाउनु पर्नेछ ।

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालक, एयरपोर्ट अथोरिटीले थप रकमलाई विमानस्थलको सिसिटिभी र ब्यागेज परिक्षण प्रणाली स्तरोन्नती गर्न, बायोमेट्रिक प्रविधि भएका नयाँ उपकारण ल्याउन र जनशक्ति ब९ाउन प्रयोग गरिने बताएको छ ।

    प्रस्थान गर्ने यात्रुहरुको अनुमानित संख्याका आधारमा – गत जुनसम्म हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने ७ करोड ४० लाख यात्रुको आधा – शुल्क वृद्धिबाट अथोरिटीले वार्षिक थप १८ करोड हङकङ डलर संकलन गर्नेछ । आर्थिक वर्षमा मार्चसम्म अथोरिटीले सुरक्षा शुल्कबाट १ अर्ब ६५ करोड हङकङ डलर संकलन गरेको छ । पाँच वर्ष अघिको तुलनामा यो ८५ प्रतिशत बढी हो ।

    गत महिना, यात्रु संख्या, विमान कम्पनीलाई लगाईएको उच्च शुल्क र ठूला विज्ञापन र खुद्रा आम्दानीबाट ११ अर्ब ४८ करोड हङकङ डलर नाफा भएको विमानस्थलका प्रमुखहरुले जनाएका थिए । एउटा प्रेस विज्ञप्तिमा, अक्टोबर १ वा त्यसपछि जारी गरिएका टिकटमा मात्रै उक्त शुल्क लागु हुने अथोरिटीले जनाएको छ ।

    सन् २०१६ यता यात्रुहरुले ७० देखि १८० हङकङ डलरसम्मको विमानस्थल निर्माण शुल्क बुझाएका छन् । यो शुल्क निर्माणाधीन तेश्रो धावनमार्गका लागि संकलन गरिएको हो । यही अनुपातमा प्रारम्भमा अनुमान गरिएको २६ अर्ब भन्दा बढी संकलन गर्ने देखिन्छ ।

    यो महिनाको शुरुमा, विमानबाट कन्भेयर बेलटमा अनलोड गरिएको प्रत्येक ब्यागेजको लागि १.३२ हङकङ डलर लेभी लगाउने नयाँ नियम अथोरिटीले लागु गरेको थियो । यसले यात्रुवाहक विमान कम्पनीहरुलाई वार्षिक ४ करोड हङकङ डलर वा सोभन्दा बढी लागत थपिनेछ ।

    हङकङ क्याबिन त्र्mयु फेडेरेशनकी अध्यक्ष डोरा लाई युक–सिमले सुरक्षा शुल्क बढाउनुपर्ने कुनै कारण नभएको बताएकी छिन् ।

    “यदि एयरपोर्ट अथोरिटीको सुरक्षामा सुधार गर्ने कुनै नियत नभए र धनाढ्य र शक्तिशालीहरुको दबावले थिचिने कुनै नियत नभए, शुल्क बढाउनुको औचित्य के हो ?,” लाईले भनिन् ।

    उनले दुई वर्षभन्दा अघिको घटनालाई उद्धृत गरेकी हुन् । सो घटनामा अथोरिटीले कर्मचारीलाई शहरका नेतृत्व ल्योङ चुन–यिङको छोरीलाई निषेधित क्षेत्रमा एउटा झोला पु¥याउन स्विकृती दिएको थियो । गत महिना, उक्त निर्णयका लागि एउटा कानुनी मुद्दाको सुनुवाई थालेको छ ।

    यो वर्षको अप्रिलमा, कुनै शंकास्पद सामग्री दोश्रो पटक परिक्षण हुुँदा मात्रै यात्रु उपस्थित हुनुपर्ने भन्दै, अथोरिटीले परिक्षण प्रक्रियाको नियम परिवर्तन गरेको छ ।

    तर चाईनिज युनिभर्सिटीमा उड्डयन नीति तथा अनुसन्धान केन्द्रका प्रमुख डा. ल च्योङ–क्वोकले – सरकारको पूर्ण स्वामित्वमा रहेको – अथोरिटीलाई सुरक्षामा गरिएको लगानीको, डलर रकम सहितको, पूर्ण विवरण सर्वसाधारण समक्ष सार्वजनिक गर्न, र सो जानकारी व्यवस्थापिका परिषद्लाई बुझाउन आग्रह गरेका छन् ।

    “हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नती गर्नुपर्ने आवश्यकताबारे सबैले सहमति जनाउलान्, तर शुल्क बढाउने निर्णय सार्वजनिक गर्नु अघि कुन शीर्षकमा, कहिले, किन र कति खर्च हुन्छ भन्ने प्रश्नहरुको उत्तर एयरपोर्ट अथोरिटीले सन्तोषजनक रुपमा दिनुपर्दछ, ” उनले भने ।

    -फिला सिउ र ड्यानी ली

  • कमेन्ट गर्नुहोस्