• संविधान बनाउँदा गल्ति भयो होला –शेखर कोइराला

  • १५ जुलाई । नेपाली कांग्रेसका महामन्त्री शेखर कोइरालाले संविधान बनाउँदा गल्ति भएको हुन सक्ने बताएका छन् । नेपाली जनसम्पर्क समितिको आयोजनामा सम्पन्न भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

    ‘अन्य देशमा रहेका नेपाली र हङकङका नेपालीबीच फरक रहेछ, त्यो विषयमा अध्ययन भएन सबैलाई सोलोडोलो हेरियो’, सम्बोधनको क्रममा उनले भने, ‘संविधान बनाउँने क्रममा गल्ति भयो होला, त्यसलाई संशोधन गर्न सकिन्छ ।’

    उनले सम्बोधन गर्न अघिका वक्तालगायतले हङकङको राइट अफ अबोड प्राप्त गर्न नेपालको नागरिकता त्याग्न नपर्ने र त्यसको कुनै अवधि नतोकिएको बताउँदै उक्त व्यक्ति ३६ महिना भन्दा बढी बाहिर रहे उनको स्टाटस राइट टु ल्याण्ड हुने तर त्यो परित्याग गर्ने प्रावधान नरहेकोले नेपालको संविधानमा उल्लेखित गैर–आवासीय नेपालीले प्रशासनिक तथा राजनैतिक अधिकार पुनप्र्राप्ति गर्न सक्ने अवसरबाट बन्चित हुन परेको गुनासा व्यक्त गरेका थिए ।

    सम्बोधनको क्रममा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाईको दम्भमा विपक्षीको कुरा सुन्न छाडेकोले लोकतन्त्रमा खतरा रहेको जिकिर गरेका थिए । प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन पनि अस्वभाविक रहेको बताउँदै सङ्घीयता भएको देशमा कतै पनि त्यसो नहुने उनको तर्क रहेको थियो । उनले पानीजहाज र रेलको लागि विदेशको मुख ताक्नु पर्ने अवस्था भएकोले जनतालाई रिन पार्ने काम गर्न नहुने उनको सुझाव थियो ।

    पछिल्लो चुनावमा कांग्रेस हारेकै हो र आत्मसात् गर्नु पर्ने भन्दै उनले छिटो महाधिवेशन गरेर शेरबहादुर देउवाले सभापति छाड्न आवश्यक रहेकोमा दिएका थिए । उनका अनुसार कांग्रसको विधान सङ्घीय संरचना अनुसार बनाउँन आवश्यक छ । विदेशस्थित भातृसंस्थालाई समेत केन्द्रमा प्रतिनिधित्व दिइसकिएकोले हङकङको संभावना रहेको बताउँदै उनले यसका लागि आवश्यकीय सक्रिय हुन जनसम्पर्क समितिकाहरुलाई आह्वान गरेका थिए ।

    कार्यवाहक सभापति मीनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि रवीन लिङ्देन र समावेशी नेपाली समाजका अध्यक्ष हेजेन राईले आफ्ना भनाइहरु राखेका थिए । व्यक्तिगत कामका लागि यहाँ आएका कोइरालासंगको अन्तत्र्रिmया कार्यक्रम हङकङ एकीकृत नेपाली समाजको कार्यालयमा सम्पन्न भएको थियो ।

    सम्बोधनको क्रममा नेपाली कांग्रेसका महामन्त्री शेखर कोइराला । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्