• साझा श्रृंखलाको ७५औं संस्करण सम्पन्न

  • २९ जुलाई । सातौं वार्षिकोत्सव तयारी बारे छलफल, सृजना वाचन तथा समीक्षा गर्दै संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा हङकङ साहित्यिक साझा श्रृंखलाको ७५औं संस्करण जोर्डन स्थित नयाँपेजको सम्पर्क कार्यालयमा सम्पन्न भयो ।

    उक्त अवसर हेम कुमार लावती, रमण गुरुङ, दाजु गुरुङ, सुनिता गिरी, टंक सम्बाहाम्फे, मनु कनदङवा, आयुषी पौडेल, पूर्णिमा शाह, पवित्रा चाम्लिङ राई, दिपेन्द्र राई, डी.बी. पालुङवा लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।

    कार्यक्रमको अन्तमा संयोजक डी.बी. पालुङवा, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती र नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेद्धारा वाचित श्रृंखलासंगै समग्र कार्यक्रम बारे टिप्पणी गरेका थिए ।

    नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ६ वर्ष यता प्रत्येक महिनाको अन्तिम आइतबार सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, गर्दै आइरहेको श्रृंखलाले कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्ने गरेको छ ।

    हङकङबासी साहित्यकारहरुको विविध सृजनाहरु समेटिएको कृति ‘श्रृंखला भाग–३’ विमोचनसहित २६ अगष्ट आइतबारका दिन वार्षिकोत्सव सम्पन्न हुन गइरहेको सूचना सार्वजनिक गरिएको छ ।

     

  • कमेन्ट गर्नुहोस्