• सीके लाल हङकङमा

    ‘नेपाल अर्को परिवर्तनको तयारीमा’ *

  • ७ अगष्ट । २४ औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन लेखक तथा विश्लेषक सीके लाल हङकङ आइपुगेका छन् । उनलाई नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, महासचिव कृष्णराज लाओती र कोषाध्यक्ष सुवास श्रेष्ठले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    स्वागतपछि वर्तमान स्थितिको बारेमा टिप्पणी गर्दै उनले पछिल्लो संविधानबाट प्राप्त गणतन्त्र, सङ्घियता र धर्मनिरपेक्षताको संस्थागतसंगै नेपाल अर्को परिवर्तनको तयारीमा लागे उनले टिप्पणी गरे । हरेक दश वर्षमा नेपालमा राजनैतिक ठूला परिवर्तन भएको उनले अनुभव बताएका थिए ।

    नेपालको संविधान २०७२ मा कुनै पनि धारा अपरिवर्तनीय नरहे पनि परिवर्तनका लागि संभव नरहेको उनको जिकिर रहेको थियो । उनका अनुसार प्रदेशको सिमाना परिवर्तनका लागि जोडिएका दुई प्रदेशबीचको सहमतिले मात्र भएर नहुने, सातै प्रदेशको सहमति हुन पर्ने प्रावधान प्राय संभव रहेको छैन ।

    जनजाति महासंघको आयोजनामा ९ अगष्टका दिन हेनरी जी ल्योङ कम्युनिटि सेन्टर याउमातेमा साँझ आदिवासी दिवस सम्पन्न हुन गइरहेको छ । अध्यक्ष राईका अनुसार प्रमुखअतिथिका लागि नेपाल आदिवासी जनजाति महासंघलाई निमन्त्रणा गरिएको भए पनि कार्यव्यस्तताका कारण असमर्थता जनाइए पछि लाललाई निमन्त्रणा गरिएको हो ।

    स्वागतपछि लालसंग जनजाति महासंघका पदाधिकारीहरु । तस्बिरः एभरेष्ट ।

    *सचाइएको ।

  • कमेन्ट गर्नुहोस्