• मिस्टर बुल्समेनको तेश्रो संस्करण हुने

  • ११ अगष्ट । तेश्रो मिस्टर बुल्समेन प्रतियोगिता सेप्टेम्बर १ का दिन पोखरा रंगशालास्थित कवर्ड हलमा हुने भएको छ । दुई संस्करण पुरुषबीच भएको प्रतियोगितामा यो पटक महिला फिटनेस च्याम्पियनसिपसमेत हुने छ ।

    ब्रिटिस गोरखा क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराइएको हो । बुल्समेन पोखराका उपाध्यक्ष लेक्स गुरुङका अनुसार यस पटक नेपाल र हङकङसंगै मकाउ, बेलायत र भारतका खेलाडीहरुले पनि सहभागिता जनाउने छन् । उक्त प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुने गरेको छ ।

    हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनका अध्यक्ष लोकराज लिम्बूले जानकारी गराए अनुसार सन्जिप राई र रितविक्रम मल्लले हङकङका नेपालीकोतर्फबाट उक्त प्रतियोगितामा भाग लिने छन् ।

    सम्मेलनमा उपस्थित मल्लले जित हात पार्ने गरी तयारी गरिरहेको बताएका थिए । उनले भने, ‘जित्नकै लागि भाग लिइन्छ र त्यसै अनुसार तयारी भइरहेको छ ।’

    तस्बिर: पत्रकार सम्मेलनमा बुल्समेन पोखराका उपाध्यक्ष लेक्स गुरुङलगायत ।

  • कमेन्ट गर्नुहोस्