• भवन भट्ट हङकङमा

  • अगष्ट १८ । गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का अध्यक्ष भवन भट्ट हङकङ आइपुगेका छन् । उनलाई राष्ट्रिय समन्वय समिति (एनसीसी)का अध्यक्ष राधिका गुरुङ र कोषाध्यक्ष गोकर्ण ढकाललगायतले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    उनी एनसीसीको आयोजनामा हुने अन्तरर्किया कार्यक्रमका प्रमुख वक्ता रहेका छन् । कार्यक्रम भोलि बगैंचा रेष्टुरेण्टमा दिनको १ बजे हुने सूचना प्रकाशित गरिएको छ ।

    ‘भर्खरै गैर–आवासीय नेपाली नागरिकता ऐन लागु भएको छ, त्यसमा एनआरएनएको धारणा जानकारी गराउँनअन्तरर्किया राखिएको हो’ अध्यक्ष गुरुङले भनिन्, ‘त्यो बाहेक लाप्राक नमूना बस्ती, आईसीसी भवनलगायतको विषयमा पनि जानकारी गराउँने कार्यक्रमको उद्देश्य रहेको छ ।’

    गत वर्ष अक्टुबरमा नेतृत्वमा चयन भएपछि भट्टको यो पहिलो हङकङ भ्रमण हो । छैठौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा उनी यहाँ आएका थिए ।

  • कमेन्ट गर्नुहोस्