• ‘मुलुकी ऐन एनआरएनका लागि उपलब्धि’

  • १९ अगष्ट । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का अध्यक्ष भवन भट्टले नेपालको मुलुकी ऐन २०७४ गैर–आवासीय नेपाली (एनआरएन)का लागि ठूलो उपलब्धी रहेको बताएका छन् ।

    गैर–आवासीय नेपाली संघ हङकङले आयोजना गरेको अन्तरकि«याका वक्ता भट्टका अनुसार ऐन अन्तर्गतको देवानी संहिताले एनआरएनले नेपालमा अचल सम्पत्ति आफ्नो नाममा राख्न पाउने बाटो खुलेको छ । अब पुख्र्यौली सम्पत्ति नामसारी हुन सक्ने अवस्था सिर्जना भएको छ ।

    यो भन्दा अघि विदेशमा रहने नेपालीका लागि नभए पनि विदेशी मूलका नेपालीलाई समस्या रहेको थियो । उनीहरुले अंश वा अपुतालीमा प्राप्त हुने जग्गा जमिन आफ्नो नाममा राख्न पाउदैन थिए । ऐनले उक्त कार्यको लागि मार्ग प्रशस्त गरेको छ ।

    अध्यक्ष भट्टले ऐन अन्तर्गतको फौजदारी संहिताले विदेशमा गरेको अपराधका लागि नेपालमा मुद्दा चलाउन सकिने र कार्वाही हुने स्थिति सिर्जना हुनु पनि गैर–आवासीय नेपालीका लागि उपलब्धिमूलक रहेको बताएका थिए ।

    सम्बोधनको क्रममा उनले गैर–आवासीय नेपाली नागरिकताको सम्बन्धमा ‘राजनैतिक बाहेक सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार …..’ भन्ने वाक्यांश परिवर्तनका लागि संशोधन दर्ता गरिएको उनले जानकारी गराएका थिए । उनका अनुसार ‘बाहेक’ भन्ने शब्दले दोश्रो दर्जाको अनुभूति हुने भएकोले त्यसलाई संशोधनको माग गरिएको छ ।

    प्रधानमन्त्री खड्गप्रसाद ओलीको भारत र चीन भ्रमणमा एनआरएनएका प्रतिनिधिलाई सामेल गराउनुले पनि एनआरएनप्रति नेपाल सरकार सकरात्मक रहेको उनको ठमाइ रहेको थियो । दुवै भ्रमणमा स्यवं उनलाई सामेल गराइएको थियो ।

    उनले लाप्राक नमूनाबस्ती यही अक्टुबरभित्र हस्तान्तरण गरिने तयारी भइरहेको बताएका थिए । त्यसै गरि केन्द्रीय भवनको काम पनि सकेसम्म चाडो पूरा गर्ने गरी काम भइरहेको उनको कथन रहेको थियो ।

    करिब डेढ घण्टाको सम्बोधनमा उनले व्यक्तिगत संघर्ष र उपलब्धिलगायत नेपाल र नेपालीमा रहेका संभावनाका बारेमा बेलिबिस्तार लगाएका थिए । उनले जहाँ रहे पनि नेपाल र नेपालीका हितमा लाग्न आह्वान गरेका थिए ।

    सम्बोधनपछिको प्रश्नोत्तरमा उनले प्रत्येक देशका एनआरएनए आपैmमा स्वतन्त्र संस्था रहेको र आईसीसीले सदस्यको रुपमा मान्यता मात्र दिएकोले आन्तरिक समस्या समाधान गर्न आपैm पहल गर्नु पर्नेमा उनले जोड दिएका थिए । एनआरएनए ग्वान्झाउको एनसीसी गठन हुन नसकेको सन्दर्भमा उनले उक्त कुरा बताएका हुन् ।

    उनले सहमति हुन नसके चुनावको विकल्प नरहेकोले ग्वान्झाउको एनसीसी गठनका लागि सोही अनुसार गरिने बताएका थिए । उनले चीन सरकारको सम्बन्धित निकायलाई अनुरोध गरेर भए पनि चुनाव गर्न सकिने सुझाएका थिए ।

    उनको सम्बोधनअघि हङकङका सल्लाहकार जसबहादुर ओख्राबोले हङकङ आईडीबाहक एनआरएनको विशेष समस्या भएकोले नेपाली नागरिकता भएकाहरुका लागि राजनैतिक र प्रशासनिक अधिकार उपभोग सम्बन्धमा आईसीसीलाई विशेष पहल गर्न आग्रह गरेका थिए ।

    विदेशका पीआर लिएका नेपालीले राजनैतिक र प्रशासनिक अधिकार उपभोगका लागि उक्त देशको पीआर त्यागेको प्रमाण पेश गर्न पर्ने प्रावधान रहेकोमा हङकङको पीआर (स्थायी परिचयपत्र) त्याग गर्ने प्रावधान नरहेको उनले जानकारी गराएका थिए ।

    उपाध्यक्ष निरञ्जन गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले पनि सम्बोधन गरेका थिए । बगैंचा रेष्टुरेण्टमा आयोजित कार्यक्रममा मकाउका अध्यक्ष शान्ति अधिकारी र आईसीसी सदस्य मुकेश बरुवाल र ग्वान्झाउका आईसीसी सदस्य कञ्चन थापा, हङकङका आईसीसी सदस्य, संरक्षक र सल्लाहकार लगायतको उपस्थिति रहेको थियो । महासचिव किसन राईद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता राधिका गुरुङले गरेकी थिइन् ।

    उक्त समारोहमा उनलाई एनआरएनए हङकङ र विभिन्न संघसंस्थाकोतर्पmबाट खादा र पूmलमालासहित बधाई ज्ञापन गरिएको थियो । अध्यक्ष निर्वाचित भएपछि उनी पहिलो पटक यहाँ आएका हुन् ।

    सम्बोधनको क्रममा एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट । तस्बिरः विक्रम गुरुङ ।

  • कमेन्ट गर्नुहोस्