• सहाराको हाइकिङमा रवि लामिछाने

  • २६ अगष्ट । सहारा क्लव हङकङको छैटौं वार्षिकोत्सवको अवसरमा ‘हाइक विथ रवि लामिछाने’ सम्पन्न हुने भएको छ । जानकारी सभामार्फत सार्वजनिक गरिएको कार्यक्रम सेप्टेम्बर ३० का दिन हुने छ ।

    कंगन रेष्टुरेन्टमा आयोजित सभामा महासचिव कुमार गुरुङले हाइक सेन्ट्रलस्थित अब्जरभेसन ह्विलबाट शुरु भइ बोवेन रोड, पुलिस म्युजियम हुदै अबर्डिन पार्कमा समापन हुने जानकारी गराएका थिए । जानकारी गराइए अनुसार कार्यक्रम बिहान ८ बजे शुरु हुनेछ । सहभागीले २ सय ५० डलर प्रवेश शुल्क वापत टीसर्ट र बीबीक्यूसहित लञ्च प्याक पाउने छ ।

    खेलकुद सम्बन्धी क्लव र कार्यक्रममा सञ्चारकर्मी निम्ताउनुको कारण के हो ? भन्ने प्रश्नमा अध्यक्ष दीपक गुरुङले भने, ‘रवि लामिछाने सञ्चारकर्मी मात्र नभएर समाजसेवी पनि हुनुहुन्छ, त्यसैले उहाँलाई सहभागी गर्न लागेका हौं ।’

    कार्यक्रमबाट संकलित रकमको बारेमा राखिएको जिज्ञासामा भने आयोजकहरुले कुनै निर्णय नभएको बताए । कति संकलन हुने र खर्च कति हुने भन्ने यकिन भइनसकेकोले वचतको आंकलन नभएको जानकारी गराइएको थियो । वचत रकमको आधारमा कसलाई सहयोग गर्ने पछि निर्णय हुने बताइयो । क्लवले सहारा क्लव पोखरालगायतलाई सहयोग गर्ने गरेको छ ।


    उक्त अवसरमा क्लवका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही समारोहमा क्लवका पदाधिकारी, सल्लाहकारलगायतले कार्यक्रमको पोस्टर सार्वजनिक गरेका थिए ।

    रवि लामिछाने चर्चित सञ्चारकर्मी हुन् । न्युज २४ बाट प्रशारण हुने उनको कार्यक्रम ‘सिधा कुरा जनतासंग’ लोकप्रिय रहेको छ । अमेरिकी ग्रीनकार्डको कारण आलोचना भएपछि उनले त्याग गरेको प्रमाण सार्वजनिक गरेका छन् । सोही विषयमा प्रेस काउन्सिल नेपालका तत्कालिन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र उनीबीच विवाद देखिएको थियो ।

    तस्बिरः विक्रम गुरुङ ।

  • कमेन्ट गर्नुहोस्