• च्यारिटि डिनरमा लक्ष्य भन्दा बढी संकलन

  • सेप्टेम्बर १३ । प्रथम मिसेज हङकङ नेपाल टिमले च्यारिटि डिनरको आय–व्यय विवरण सार्वजनिक गर्दै लक्ष्य भन्दा बढी सहयोग संकलन भएको जानकारी गराएको छ । जानकारी गराइए अनुसार बढी रकमको आपतकालिन कोष खडा गरिने छ ।

    कार्यक्रमकी संयोजक तथा प्रथम मिसेज हङकङ नेपाल पविता राईले भनिन्, ‘हाम्रो लक्ष्य भनेको नेपाली रुपैयाँ सात लाख रहेको थियो तर त्यो भन्दा बढी संकलन भएको छ । बढी रकमको आपतकालिन कोष खडा गर्न लागेका छौं । उक्त रकम भविष्यमा अन्य परोपकारी कार्यमा खर्च गर्ने छौं ।’

    आय–व्यय विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा जानकारी गराइए अनुसार टिकट विक्री र चन्दा संकलनबाट १ लाख ५ हजार ३६ डलर संकलन भई ३५ हजार १७ डलर खर्च र ७० हजार १९ डलर बचत भएको छ । आजको विनिमय दर अनुसार ४९ हजार डलर सात लाखका लागि पर्याप्त हुने छ ।

    मिस नेपाल श्रृङ्खला खतिवडाको पहलमा मकवानपुरको चेपाङ बस्तीमा निर्माण हुने स्वास्थ्यचौकी भवनको लागि समूहले सात लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    गैर–आवासीय नेपाली संघको कार्यालयमा सम्पन्न जानकारी सभामा मिसेज नेपाल हङकङ आयोजक नेपाली महिला संघ हङकङकी अध्यक्ष राधिका गुरुङले कार्यक्रम भव्यताका साथ सफल बनाएकोमा टिमलाई बधाई र सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    अगष्ट १९ का दिन इण्डिया क्लवमा सम्पन्न च्यारिटि डिनरमा गैर–आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टले सर्वाधिक २० हजार हङकङ डलर प्रदान गरेका थिए ।

    जानकारी सभामा संयोजक पविता राईलगायत प्रथम मिसेज नेपाल टिम । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्