• झुक्याएर अपरिचितसँग विवाह

  • सौन्दर्य उद्योगमा आफ्नो पहिलो काम पाउने आशमा रहेकी २१ वर्षिया हङकङेली युवतीको चीनमा एक अपरिचितसँग विवाह भएको छ ।

    ठगीको शिकार बनेकी ती महिलाले मेमा प्रशिक्षार्थी मेकअप आर्टिस्टको लागि आवेदन दिएको तर पछि उनलाई वेडिङ प्लानर (विवाहको योजना बनाउने) रोज्न मनाईएको बताएकी छिन् । यसका लागि उनले बेहुलीको भूमिका खेल्नुपर्ने र एउटा विवाह प्रमाणपत्रमा हस्ताक्षर गर्नुपर्ने थियो । पीडितले आफ्नो पहिचान नखुलाउने बताउँदै आफ्नो अनुभव सुनाईन् । यसमा पैसाको कारोबार भने थिएन ।

    “विवाह दर्ता हुनु नै मेरो सबैभन्दा ठूलो घाटा हो,” उनले भनिन् ।

    फेसबुकमा पोस्ट गरिएको मेकअप आर्टिस्टको रोजगारका लागि १४ हजार हङकङ डलर मासिक पारिश्रमिक साथै निःशुल्क तालिम दिने र कामको अनुभव पनि आवश्यक नभएको उल्लेख गरिएको उनले बताईन् । तर वेडिङ प्लानरले कमिशनको आधारमा अझ धेरै पारिश्रमिक पाउँछन् भन्दै ठगहरुले बताएका थिए ।

    त्यसपछि, वेडिङ प्लानरमा रुची जागेपछि ती महिलाका लागि जुनमा हङकङमै एउटा निःशुल्क तालिमको व्यवस्था मिलाईयो । त्यसको एक सातापछि, फुझु, फुजियान प्रान्तमा वेडिङ प्लानरको परिक्षा दिनुपर्ने भयो । परिक्षा अन्तर्गत समान उमेरका एक पुरुषसँग नक्कली विवाह पनि गर्नुपरेको उनले बताईन् ।

    उनी र उनका “पति” ले एउटा स्थानीय सरकारी कार्यालयमा एउटा दस्तावेजमा सहि गरे र औपचारिक रुपमा विवाह गरे । मेयरलाई चिन्ने भएकाले कुनै समस्या नहुने पीडितलाई सिन्डिकेटले बतायो ।

    “पछि बदर गराउने उनीहरुले बताएका थिए,” उनले भनिन् ।

    हङकङ फर्किएपछि ती महिलालाई एक जना साथीले उनी ठगीमा परेको विश्वास दिलाए । घटना व्यवस्थापन गर्न शहरको प्रहरीले आनाकानी गरेपछि हङकङ ट्रेड युनियन महासंघको सहयोग लिने सुझाव पाईन् ।

    पीडित महिलाको हाई स्कूलका पूर्व शिक्षकले चीनमा प्रमाण जुटाउन सहयोग गरे । उनीहरु फुझुस्थित सरकारी कार्यालय पुगे र उनले सहि गरेको विवाह दर्ता प्रमाणपत्र भेटाए । साथै उनी अविवाहित भएको दाबी गरिएको र उनको झुटो हस्ताक्षर गरिएको एउटा कागज हङकङको एउटा कानुनी सेवा कम्पनीबाट प्राप्त गरे ।


    ट्रेड युनियन महासंघको अधिकार तथा लाभ समितिका निर्देशक तोङ काङ–यिउ उक्त गिरोहबाट पीडित थुप्रमध्ये ती महिला एक रहेको विश्वास गर्छन् । “यो घटना सार्वजनिक गरेर, ठगिएको चाल नपाएका अन्य पनि सचेत हुनेछन् भन्ने हामी आशा गर्दछौं,” तोङले भने ।

    ठगीको उद्देश्य पीडित महिलाका कथित पतिलाई हङकङ ल्याउनु हो कि भन्ने जिज्ञासाबारे उनले केही बोल्न चाहेनन् ।

    “घटनालाई तत्काल समाधान गर्न प्रहरी असफल रह्यो । यो समस्यालाई गम्भिर रुपमा लिन हामीले प्रहरीलाई अभैm दबाव दिनुपर्ने भयो,” उनले भने,“हामीले यो घटना अनुसन्धान गर्न प्रहरीलाई हस्तान्तरण ग¥यौं । थप कारवाहीका लागि हामी वकिलहरुको सल्लाहको प्रक्षिामा छों ।”

    हङकङमा पति वा पत्नि भएका मूलभुमिवासीले शहरमा बस्नलाई एक–तर्फी स्विकृतीका लागि आवेदन दिन सक्छन् । यस्तो अनुमति १ सय ५० दिनभित्र जारी हुनसक्छ ।

    हङकङ ब्युटी एन्ड फिटनेस प्रोफेसनल्स जेनरल युनियनकी उपाध्यक्ष सुङ सिउ–किनले रोजगार खोज्दा कम्पनीको युवावर्गले पृष्ठभुमि बुभ्mनुपर्ने बताईन् । नक्कली विवाह गर्न युवा हङकङेलीहरुलाई फसाउने एउटा सिन्डिकेटका तीन नाईकेलाई डिस्ट्रिक्ट कोर्टले गत शुक्रबार दोषी करार गरेको थियो । ती तीन अभियुक्तलाई ठगी गर्ने षडयन्त्र गरेकोमा दोषी पाईएको छ र उनीहरुलाई आउने महिना सजाय सुनाईनेछ ।

    –मिसेल एमटि वोङ/एससीएमपी

  • कमेन्ट गर्नुहोस्