• ‘योर्क’को रेकर्ड नतोडि ‘मेङखुत’ विदा

  • सेप्टेम्बर १६ । सुपर टाइफुन ‘मेङखुत’ले १० घण्टापछि हङकङबाट विदा लिएको छ । हङकङ अब्जरभेटरी डिपार्टमेन्टले साँझ ७:४० बजे टाइफुन सिग्नल नं. ८ जारी गरेको छ ।

    ‘मेङखुत’ले सन् १९९९ को ‘योर्क’ले बनाएको ११ घण्टाको रेकर्ड भने तोडेन । डिपार्टमेन्टले बिहान १०:४० बजे टाइफुन नं. +१०  को सूचना जारी गरेको थियो । राति १:१० बजे टाइफुन सिग्नल नं. ८ जारी गरेको विभागले आज बिहान ७:४० बजे सिग्नल नं. ९ जारी गरेको थियो ।

    टाइफुनसंगै भएको भारी वर्षाले केही स्थानमा बाढीको प्रकोप समेत देखिएको भए पनि अहिलेसम्म मानिसको ज्यान जाने किसिमको घटना घटेको समाचार प्रकाशित भएको छैन । विभिन्न घटनाका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जाललगायतबाट सम्प्रेषण भएका भए पनि सम्बन्धित निकायबाट आधिकारिक रुपमा क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

    ‘मेङखुत’को कारण सार्वजनिकलगायत यातायात पूर्ण रुपले प्रभावित भएको थियो । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले जनाए अनुसार सयौं उडान रद्द भएका छन् । उडान प्रभावित भएपछि हजारौं यात्रु विमानस्थलमा थुप्रिएका छन् । टाइफुन सिग्नल नं. ८ उत्रने यकिन नभएको कारण रेल, बसलगायत खुले पनि उडान खुल्न अनिश्चित रहेको छ ।

    अन्य समुदायमा जस्तै नेपाली समुदायका पनि खतरा मोलेर फेसबुकलगायत सामाजिक सञ्जालमा ‘मेङखुत’को प्रत्यक्ष प्रशारण गर्ने अभियन्ताहरु प्रशस्त देखिए । सामाजिक सञ्जालका कारण नेपालीको घना बसोबास रहेको जोर्डन, याउमाते, चिमसाचुइ, युनलङ, वानचाइ, चुनवानलगायतका क्षेत्रका घटनाहरु मिनेट–मिनेटमा अपडेट भएका थिए ।

  • कमेन्ट गर्नुहोस्