• नेपाली राष्ट्रिय दिवसमा हङकङका वित्तीय सचिव

  • सेप्टेम्बर ७ । नेपाली राष्ट्रिय दिवस समारोहमा हङकङका वित्तीय सचिव पल चानको प्रमुख आतिथ्य रहने भएको छ । प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसंगको बैठकमा कन्सुल जनरल कमलप्रसाद भट्टराईले उक्त जानकारी गराएका हुन् ।

    आज कन्सुलेट जनरलमा सम्पन्न बैठकमा जानकारी गराइए अनुसार तयारीले पूर्णता पाएको छ । सेप्टेम्बर २० का दिन हुङहामस्थित हार्वर ग्राण्ड कौलुन होटलमा सम्पन्न हुने कार्यक्रममा नेपाली पर्यटन तथा सांस्कृतिक प्रवद्र्धनका लागि विभिन्न प्रस्तुति रहने छन् ।

    संघसंस्थाका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि, व्यापारीलगायत लगभग दुई सयजनाको उपस्थिति रहने अनुमान गरिएको कन्सुल जनरल भट्टराईको भनाई रहेको थियो । उक्त समारोहका गैर–नेपाली मूलका सहभागीहरुलाई नेपाल वायुसेवाद्वारा प्रायोजित हवाईटिकट लगायत भाग्यशाली उपहारको रुपमा प्रदान गरिने छ ।

    कन्सुलेट जनरलले कार्यक्रमको तयारीका लागि गैर–आवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल पत्रकार संघ, नेपाल वायुसेवा निगमलगायतसंग चरणबद्ध बैठक गरिरहेको छ । नेपालको संविधान २०७२ जारी भएको असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाइने गरिएको छ । 

    कन्सुलेट जनरलको बैठकमा नेपाली प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरुलगायत । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्