• हङकङ आयो आरएको वाइड बडी

    फायल तस्बिर ।
  • सेप्टेम्बर ७ । नेपाल वायुसेवा निगमको नयाँ विमान एयरबस ए३३०–२०० वाइड बडीले हङकङ उडान शुरु गरेको छ । उक्त विमान १८ विजिनेस र २ सय ५६ इकोनोमी गरी २ सय ७४ सिट क्षमताको रहेको छ ।

    कन्ट्रि म्यानेजर बृहत मान तुलाधरका अनुसार यात्रुको चाप अनुसार वाइड बडी आउने छ । ठूलो जहाजसंगै यात्रुलाई सुविधा पनि वृद्धि गरिएको उनले जानकारी गराएका छन् । वृद्धि गरिए अनुसार वाइड बडीको इकोनोमी क्लासलाई ३० र बिजिनेश क्लासलाई ४० केजी तौलको सुविधा रहेको छ ।

    नयाँ जहाज आएसंगै प्यासेन्जरको सामान अफलोड हुने समस्या समाधान भएको कन्ट्रि म्यानेजर तुलाधरको जिकिर रहेको छ । डिले र क्यान्सल हुने र सिट नपाइने समस्या अब नरहने उनले बताएका छन् । उनका अनुसार विगतमा जहाजको संख्या थोरै भएकैले उक्त समस्याहरु हुने गरेका थिए । निगमसंग अहिले वाइड र न्यारो गरी ४ नयाँ र १ पुरानो गरी ५ जहाज रहेका छन् 

    हङकङ–काठमाडौं सेक्टरका अन्य प्रतिस्पर्धी भन्दा आफ्ना जहाज बढी सुविधाजनक रहेको बृहत मान तुलाधरले दावी गरेका छन् । उनका अनुसार वाइड बडीका बिजिनेश क्लासका सिटहरु फुल फोल्डिङ सुविधासहितका छन् । इन-फ्लाइट इन्टरनेन्मेन्टका लागि प्रत्येक  सिटको अघि अत्याधुनिक भिडियो मनिटर रहेको छ ।

    यात्रुको चाप बढेमा उडान संख्या पनि बृद्धि गर्ने निगमको योजना रहेको छ । हाल मंगलबार, बिहीबार र शनिबार हप्ताको तीन उडान रहेको छ ।

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवाको वाइड बडी विमान र भित्रको दृश्य । तस्बिरः नेपाल वायुसेवा हङकङ ।

  • कमेन्ट गर्नुहोस्