• युनलङबाट लागुऔषध सहित ५ नेपाली गिरफ्तार

  • न्यु टेरिटोरिज नर्थको एन्टी-ब्ल्याक ग्रुपले आफ्ना गाउँलेहरुलाई लागुऔषध वितरण गर्न दक्षिण एशियालीहरुले युनलङ डिस्ट्रिक्टमा एउटा पसल नै खोलेको सूचना पायो । गहन अनुसन्धानपछि, प्रहरीले आईतबार राती १० बजे उनीहरुलाई गिरफ्तार गरेको छ ।

    प्रहरीले वाङ फात रोडस्थित च्योङ शिङ बिल्डिङ ३ नं भवनको एउटा पसलमा छापा मारेको थियो । कारवाहीमा २.६ ग्राम हेरोईन, २६ ग्राम किटामाईन सहित १६ हजार हङकङ डलर बराबरको लागुऔषध जफत गरिएको छ । पक्राउ परेका व्यक्तिबाट १ थान टेलिस्कोपिक बेटन, २ थान आईरन पास, एउटा थ्रोट क्ल्याम्प, १ थान फलफुल काट्ने चक्कु र १ थान स्टन गन बरामद गरिएको छ ।

    एचकेडटअोएनडटसीसीका अनुसार “हतियार लुकाएको”, “लागुऔषध प्रयोग गर्ने औजार लुकाएको” र “बिना अनुमित हातहतियार राखेको” शंकामा २३ देखि ४५ वर्षका पाँच जना नेपाली पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । एक जना ४० वर्षिय पुरुषलाई “लागुऔषधको अड्डा” सञ्चालन गरेको शंका पनि गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्