• चक्कु प्रहारबाट किन्डरगार्टेनका १४ बालबालिका घाईते

  • चोङकिङ ब्रोडकास्टिङ ग्रुपले जनाए अनुसार दक्षिणपश्चिम चीनको एउटा किन्डर्गार्टेनका विद्यार्थीमाथि भएको आक्रमणमा कम्तिमा १४ जना बालबालिका घाईते भएका छन् । चक्कु प्रहार गरी घाईते बनाउने ३९ वर्षिया महिलालाई प्रहरीले हिरासतमा लिएको छ ।

    घटना चोङकिङको बनान डिस्ट्रिक्टस्थित युदोङ न्यु सेन्चुरी किन्डरगार्टेनमा शुक्रबार बिहान भएको हो । अभियुक्तलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ भने घाईते बालबालिकालाई आकस्मिक उपचारका लागि अस्पताल पठाईएको छ । घटनाको अनुसन्धान भईरहेको छ । आक्रमणको उद्देश्य पनि खुलेको छैन ।

    चोङकिङ ब्रोडकास्टिङ ग्रुपले देखाएको भिडियोमा प्रहरीले अभियुक्तलाई समातेर लादै गरेको र अस्पतालको स्ट्रेचरमा सुतीरहेको घाईते देखाईएको छ । किन्डरगार्टेन बाहिर प्रहरी अधिकारी, अभिभावक र बालबालिकाहरु उभिएको पनि देख्न सकिन्छ ।

    घटनास्थलमा उपस्थित मानिसहरुले खिचेको भिडियो सामाजिक सञ्जालमा व्यापक मात्रामा सञ्चार भएको छ । एक जना ट्विटर प्रयोगकर्ताले विच्याट ग्रुपको एउटा स्क्रिनशट पोस्ट गरेका छन् जहाँ एक सदस्यले उक्त घटना नीजको सासुको घर नजिकै भएको दाबी गरेका छन् ।

    “एक महिला र उनका पतिबीच भनाभन भईरहेको थियो, र समाज विरुद्ध बदला लिनलाई उनले किन्डरगार्टेनका बालबालिकालाई चक्कु प्रहार गरिन्,” कमेन्टमा लेखिएको छ, “बालबालिकाहरु बाहिर बिहानको व्यायाम गर्दै थिए ।”

    चीनमा विद्यालय जाने बालबालिकामाथि थुप्रै हिंस्रक आक्रमण भएका छन् । जुनमा, २९ वर्षिय एक पुरुषले सांघाईको एउटा प्राथमिक विद्यालय बाहिर दुई जनालाई घातक रुपमा चक्कु प्रहार गरेका थिए भने अप्रिलमा साङ्सी प्रान्तमा ९ जना विद्यार्थीको चक्कु प्रहार गरी हत्या गरिएको थियो । साङ्सीका आक्रमणकारी झाओ झेवेईलाई चीनियाँ अधिकारीहरुले सेप्टेम्बरमा मृत्युदण्ड दिएका थिए ।

  • कमेन्ट गर्नुहोस्