• युवराजको राज्यारोहणको अवसरमा जापानमा १० दिने विदा

  • आउने वर्ष हुने शाही राज्यारोहणको अवसरमा विशेष विदा दिनेबारे जापानको क्याबिनेटले मंगलबार एउटा विधेयक पारित गरेको छ । सो विधेयक अनुसार अप्रिल अन्तिमदेखि जापानमा १० दिने “स्वर्ण सप्ताह” मनाईनेछ ।

    जापानको व्यवस्थापिका डायटले उक्त विधेयक पारित गरेपछि युवराज नारुहितोले राज्यारोहण गर्ने दिन, मे १, राष्ट्रिय विदा हुनेछ । यस अघि अप्रिल २९ र मे ३ देखि ६ तारिखसम्म राष्ट्रिय तथा सार्वजनिक विदा तोकिएको छ भने सन् २०१९ का लागी अप्रिल ३० र मे २ पनि सार्वजनिक विदा हुनेछ । फलस्वरुप, जापानी कानुनले उल्लेख गरे अनुसार शनिबार र आईतबार बाहेक राष्ट्रिय विदाको बीचमा पर्ने दिन पनि सार्वजनिक विदा हुन्छ ।

    यो दुर्लभ १० दिने विदा अवधि अप्रिल २७, शनिबारदेखि शुरु हुनेछ । विधेयकमा अक्टोबर २२ लाई पनि विदा दिने प्रस्ताव गरिएको छ । यो दिन सिंहासनारोहण समारोह हुनेछ ।

    “सबै जापानी जनता मिलेर मनाउने यी दिनहरुलाई विदा मानिनेछ,” क्याबिनेटका मुख्य सचिव योशिहिदे सुगाले एउटा प्रेस सम्मेलनमा भने । प्रतिनिधी सभामा मंगलबार बुझाईएको उक्त विधेयकलाई सरकारले डिसेम्बर १० सम्म चल्ने डायटको असाधाण सत्रसम्म पारित गर्ने लक्ष्य लिएको छ । वृद्ध उमेर र कमजोर स्वास्थ्यका कारण स्वेच्छाले पदत्याग गर्ने ८४ वर्षिय सम्राट आकिसितोको चाहना बमोजिम युवराजले राज्यारोहण गर्ने भएका हुन् ।

    दोश्रो विश्वयुद्धको अन्त्य भएदेखि, शाही उत्सव सम्बन्धी विशेष विदा सिर्जना गर्न जापानले तीन वटा विशेष कानुन कार्यान्वयन गरेको छ । युवराज तथा युवराज्ञी मासाकोको विवाह उत्सवका लागी जुन ९, १९९३ मा जापानले अन्तिम पटक यस्तो विदा सिर्जना गरेको थियो ।

  • कमेन्ट गर्नुहोस्