• अल्बर्ट आईन्स्टाईनको पत्र लिलाम हुने

  • वैज्ञानिक अल्बर्ट आईन्स्टाईनले दार्शनिक एरिख गुत्किन्दलाई सन् १९५४ मा लेखेको एउटा पत्र न्युयोर्कस्थित क्रिस्टीजमा डिसेम्बरमा लिलाम हुँदैछ ।

    सन् १९५३ मा प्रकाशित गुत्किन्दको पुस्तक “चुज लाईफ: द बिब्लिकल कल टु रिभोल्ट” को प्रतिक्रिया स्वरुप आईन्स्टाईनले उक्त पत्र लेखका थिए । सो पत्र लेखेको एक वर्षपछि अप्रिल १८, १९५५ मा  ७६ वर्षको उमेरमा आईन्स्टाईनको मृत्यु भएको थियो । उनी अमेरिकामा थिए । पत्रमा उनले आस्था, धर्म र आफ्नो यहुदी पहिचान सम्बन्धी आफ्नै विचारबारे अन्तर्दृष्टि बयान गरेका छन् । “गड लेटर” भनेर चर्चित उक्त पत्रको मुल्य १० देखि १५ लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

    जर्मन भाषामा लेखिएको उक्त पत्र भगवान् र धर्मबारे आईन्स्टाईनको व्यक्तिगत दृष्टिकोणको यथार्थ चित्रण हो । सो पत्रमा आईन्स्टाईनिले ‘मेरा लागी भगवान् अरु केही नभएर मानवीय कमजोरीको अभिव्यक्ति र उपज मात्रै हो, बाईबल सम्मानित तर त्योभन्दा पनि बढी प्राचीन किवंदन्तीहरुको संग्रह होʼ भनेर लेखेका छन् ।

    “जतिसुकै सुक्ष्म किन नहोस्, कुनै पनि व्याख्याले यसमा (मेरो लागी) केही परिवर्तन ल्याउन सक्दैन ।”

    क्रिस्टीजका पुस्तक र हस्तलिपीका वरिष्ठ विशेषज्ञ पीटर क्लार्नेटले उक्त पत्र “मानवीय चेतनाको प्रारम्भदेखि मानवीय जिज्ञासाको केन्द्रमा रहेका विषयवस्तु र धर्म विरुद्ध विज्ञानको बहसमा एउटा निर्णायक अभिव्यक्ति भएको” बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्