• निर्माण कार्यस्थल दुर्घटनामा प्रकाशको मृत्यु

  •  

    तस्बिर सौजन्यः टीका कोयू राई ।

    ६ डिसेम्बर । निर्माण कार्यस्थलको दुर्घटनामा परी प्रकाश राई (जेठा दाइ)को मृत्यु भएको छ । निर्माणाधिन लिन ताङ टनल, फान्लिङमा कार्यरत उनलाई बिहान ९ः३० बजेतिर कम्पनी (ड्रागेज)कै गाडिले ठक्कर दिएको थियो ।

    सहकर्मी दिल गुरुङका अनुसार टनलमा कार्यरत कामदारलाई ओसार्न प्रयोग गरिएको ट्रक रोकिराखेको ठाउँबाट स्वचालित रुपमा पछाडि सर्दा नजिकै पाइपबाट पानीले सफाई गरिरहेका जेठा दाइलाई किचेको थियो । दुर्घटनापछि सार्वजनिक भएको मोइवाइल भिडियोले गुरुङको भनाइलाई पुष्टि गर्छ ।

    दुर्घटनापछि उनलाई नर्थ डिस्ट्रिक अस्पताल सेङसुइ लगिएको थियो । खोटाङ समाज हङकङका अध्यक्ष टीका कोयु राईका अनुसार अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार प्राथमिक उपचारको क्रममा कुनै प्रतिक्रिया नपाइएकोले उनको घटनास्थलमै मृत्यु भइसकेको अनुमान गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका उनको अत्याधिक रक्तश्राव भएको थियो ।

     


    साइनोले दाजु कमल राईका अनुसार सिमपानी बाक्सिला, खोटाङ पुर्खौली भइ शान्तिनगर, इटहरीका स्थायी बासिन्दा प्रकाश राई (अन्दाजी वर्ष ४५) श्रीमती, एक छोरा र एक छोरीसहित युनलङमा बसोबास गरिरहेका थिए । उनी काम्तिनमा चर्चित ‘भाण्टाबारी’का मालिक पर्शुराम राईका छोरा हुन् ।

  • कमेन्ट गर्नुहोस्