• धारा २९१ खारेज गर्न एनआरएनएको अनुरोध

  • प्रमुखअतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल (बीच)मा लगायत एनआरएनए अभियन्ताहरु उद्घाटनको क्रममा । तस्बिरः ज्याप स्टुडियो ।

    ९ डिसेम्बर । नेपालको संविधानको धारा २९१ खारेजको अनुरोधसहित १५ बुँदे निर्णय गर्दै गैर–आवासीय नेपाली संघको छैठौं एशिया प्रशान्त क्षेत्रीय बैठक सम्पन्न भएको छ ।

    बैठकले उक्त धाराले कुनै पनि देशको स्थायी बसोबासको अनुमति लिएका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको ठहर गर्दै खारेजीको लागि नेपालको राजनैतिक दल तथा सङ्घीय संसदलाई अनुरोध गरेको छ ।

    निर्णयको पहिलो बुँदामा गैर–आवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौंला लगानीहरुलाई प्रोत्साहन गरी भावानात्मक र व्यवसायिक रुपमा प्रबद्र्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गरिएको छ ।

    बैठकले गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउँन संविधानमा व्यवस्था भएकोलाई स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न यो बैठक आग्रह गरेको छ ।

    गैर–आवासीय नेपाली संघ महिला फोरमको पहिलो एशिया–प्रशान्त क्षेत्रीय बैठकसमेत रहेको बैठकले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सकृयतामा गत वर्षबाट शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथा सम्भव महिला सहभागिता सुनिश्चित गराउँने निर्णय समेत गरेको छ ।

    कार्यक्रमका अतिथि, प्रतिनिधि तथा पर्यवेक्षकहरु ।

    ‘समृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने मूल नाराका साथ १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा रहेको आयोजकहरुले जानकारी गराएका छन् ।

    नेपालका कृषि तथा पशुपंक्षी विकासमन्त्रीको प्रमुखआतिथ्य रहेको कार्यक्रम स्थानीय हार्बर ग्राण्ड कौलुन होटलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्टलगायतको उपस्थिति रहेको थियो ।

    उद्घाटनको क्रममा प्रमुखअतिथि कृषि मन्त्री खनालले नेपालमा लगानीको लागि कृषि क्षेत्र संभावनायुक्त रहेको दावी गरेका थिए । संस्थापक अध्यक्ष महतोले थोरै नै भए पनि नेपालमा लगानी गर्न सम्पूर्णलाई आह्वान गरेका थिए ।

    एशिया–प्रशान्त क्षेत्रीय संयोजक किरणविक्रम थापाको अध्यक्षता रहेको कार्यक्रममा आयोजक समितिका सचिव तथा हङकङकी अध्यक्ष राधिका गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

     

    एनआरएनए महिला फोरम हङकङका सदस्यहरु ।

    एनआरएनए छैठौं एशिया–प्रशान्त क्षेत्रीय बैठकका निर्णय

    १. गैर–आवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौंला लगानीहरुलाई प्रोत्साहनगरी भावानात्मक र व्यवसायिक रुपमा प्रबद्र्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।

    २. वैदेशिक रोजगारबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरुलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोडको पुँजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिने छ ।

    ३. म्याग्दी जिल्लाको कुईने मंगले गाउँपालिका अन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यम स्तरको जलविद्युत आयोजना सम्पन्न गर्न नेपालभित्र र गैर–आवासीय नेपालीहरुको संयुक्त पहलमा उर्जा कम्पनी खडा भइसकेको छ । आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसार भरीका गैर–आवासीय नेपालीहरुलाई संयुक्त लगानीमा साझेदारी गर्न बैठक आह्वान गर्दछ ।

    ४. नेपाल सरकारसंगको सहकार्यमा १०० मिलियन डलरको Mutual Investment Vehicle खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरुलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ ।

    ५. नेपालको ऐतिहासिक महत्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि नेपाल सरकार र स्थानीय सरकारसंग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने निर्णय गर्दछ ।

    ६. नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससंग सहकार्य गरेर विश्वका २० विकसित देशहरुसंग आर्थिक विकास सम्झौता (EDA), द्वैध कर निषेध सम्झौता (DTA) र विप्पा सम्झौता गराउँने पहल गर्ने निर्णय गर्दछ ।

    ७. गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउण्डेशन मार्पmत देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउँने परियोजनालाई अगाडि बढाउने निर्णय गरियो ।

    ८. ६० प्रतिशत नेपालीहरु संलग्न भई देशको ३५ प्रतिशत GDP धानिरहेको कृषि क्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्नको लागि विदेशमा सिकेको कृषि सम्बन्धि सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषि क्षेत्रका परियोजनाहरुलाई अगाडि बढाउने निर्णय गर्दछ ।
    ९. संविधानको धारा २९१ ले कुनै पनि देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको छ । हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्दछ ।

    १०. गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउँन संविधानमा व्यवस्था भएकोलाई यो बैठक स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न यो बैठक आग्रह गर्दछ ।

    ११. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सकृयतामा गत वर्षबाट शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथा सम्भव महिला सहभागिता सुनिश्चित गराउँने निर्णय गर्दछ ।

    १२. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको सर्वांगीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशमा नेपाली पाठ्यक्रम अनुसार संचालन भैरहेका विद्यालयहरुलाई मान्यता दिई परीक्षा प्रणाली लगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावास मार्फत निरीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्दै बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

    १३. वैदेशिक रोजगारमा गइ विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गर्दछ ।

    १४. भूतपूर्व गोरखा सैनिकको जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न यो बैठक नेपाल सरकारसंग अनुरोध गर्दछ ।

    १५. यो बैठक सफलतापूृर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, हङकङ स्थित महावाणिज्य दूतावास, हङकङ सरकार, सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, आयोजक राष्ट्र, प्रायोजक, स्वयम्सेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

  • कमेन्ट गर्नुहोस्