• मिग अल्फा ट्राभल फिल्म प्रतियोगितामा ‘गो अगेन हङकङ’ सर्वोत्कृष्ठ

  • विजेता सुयोगका बाबु योगेश गुरुङलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै जेट एयरवेजका जनरल म्यानेजर अनिन्दम चौधरी (बायाँ)लगायत । तस्बिरः अल्फा ट्राभल ।

    १० डिसेम्बर । मिग अल्फा सर्ट ट्राभल फिल्म कम्पिटिसनमा सुयोग गुरुङको ‘गो अगेन हङकङ’ सर्वोत्कृष्ठ भएको छ । विजेताले हङकङ–काठमाडौं राउण्ड ट्रिप दुई हवाई टिकटसहित चार रात–पाँच दिनको टुर प्याकेजको पुरस्कार हात पारेका छन् । पुरस्कारमा तुङचुङ–अङपिङ केवुलकारको क्रिस्टल क्याबिन राउण्ड ट्रिप चार टिकटलगायत रहेको छ ।

    प्रतियोगितामा जीआरएल फोटोग्राफी एण्ड स्टोरिज अन इमेजको ‘ट्राभल हङकङ’ र सुहानी पुनको ‘हङकङ–मकाउ–जुहाई ब्रिज–हङकङ सेक्सन’ दोश्रो र तेश्रो भएका थिए । उनीहरुलाई ५० र २० प्रतिशत छुटमा प्रथम पुरस्कार नै प्रदान गरिने घोषणा गरिएको थियो । लोकेन्द्र राईको ‘च्यारिटी हाइट इन हङकङ’ले पब्लिक च्वाइस अवार्ड हात पारेको थियो ।

    घोषणा तथा पुरस्कार वितरण कार्यक्रमका सहभागीहरु ।

    बगैंचा रेष्टुरेण्टमा आयोजित घोषणा तथा पुरस्कार वितरण कार्यक्रममा अनुपस्थित सुयोग गुरुङका बाबु योगेश गुरुङले पुरस्कार ग्रहण गर्दै भने, ‘छोरो जहिल्यै कोठामा कम्पुटरसंग खेलेर बस्दा गाली गर्ने गरेको थिएँ, राम्रै काम गरेको रहेछ । पुरस्कार नै हात पार्दा खुसी लागेको छ ।’ सुयोग फिल्मकै कामले हाल नेपालमा रहेको जानकारी गराइएको थियो ।

    कार्यक्रममा पेश भएका १५ मध्ये उत्कृष्ठ पाँच र विषय भन्दा बाहिरका दुई फिल्म प्रदर्शन गरिएका थिए । मिग अल्फा ट्राभलका कार्यकारी प्रमुख इन्द्र पुनका अनुसार प्रतियोगीहरुलाई निर्णायकले ५० प्रतिशत र अनलाइन भोटिङमार्फत ५० प्रतिशत अंक प्रदान गरिएको थियो ।

    पुरस्कार वितरण कार्यक्रममा प्रायोजक नेपाल वायुसेवाका कन्ट्रि म्यानेजर बृहतमान तुलाधर, जेट एयरवेज हङकङका जनरल म्यानेजर अनिन्दम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

     

  • कमेन्ट गर्नुहोस्