• एचकेएनबीएको दोस्रो वार्षिकोत्सव सम्पन्न

  • प्रमुखअतिथि नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराई उद्घाटनको क्रममा ।

    १८ डिसेम्बर । हङकङ नेप्लिज बिजिनेस एशोसियसन (एचकेएनबीए)ले एक समारोहबीच दोश्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रम याउमातेस्थित लाफायेत्ते पार्टि प्यालेसमा सम्पन्न भएको थियो ।

    उक्त अवसरमा प्रमुखअतिथि नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराई, अतिथि भारतीय कन्सुल नारायण सिंह र फिलिपिनी भाइस कन्सुल फतिमा जी क्विनटिन, गैरआवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ र हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    फिलिपिनी भाइस कन्सुल, एचकेएनबीएका अध्यक्ष, नेपाली कन्सुल जनरल र भारतीय कन्सुल क्रमशः बायाँबाट ।

    नेपाल र चीनको राष्ट्रगानबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष कविता गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा अध्यक्ष प्रकाश पुनले संस्थाको गतिविधि संक्षिप्तमा प्रस्तुत गरेका थिए ।

    याउचिममोङ जिल्लाका काउन्सिलर, प्रहरीका जनसम्पर्क अधिकारी, नेपाली संघसंस्थाका प्रतिनिधि, एशोसियसनका सल्लाहकारलगायतको उपस्थिति रहेको कार्यक्रम कक्टेल रिसेप्सनको रुपमा आयोजना गरिएको थियो । उक्त अवसरमा प्रमुखअतिथिबाट दीप प्रज्ज्वलन र अतिथिहरुबाट रिबन काटेर उद्घाटन गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्