ल्होछारमा गण्डकीका मुख्यमन्त्री प्रमुखअतिथि
एभरेष्टखबर
December 20, 2018
ल्होछार सम्बन्धी तमु ट्हो ह्युलको प्रचार सामग्री ।
२० डिसेम्बर । तमु ट्हो ह्युलको ल्होछार कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेश, नेपालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुने भएका छन् । कार्यक्रम ३० डिसेम्बरका दिन मंकी हिलमा हुने तय भएको छ ।
‘गुरुङहरुको उद्गमस्थल गण्डकी प्रदेश हो र उक्त प्रदेशको प्रथम मुख्यमन्त्री यसै वर्ष गुरुङ नै भएका छन्’, अध्यक्ष विजयकुमार गुरुङले भने, ‘हङकङमा गुरुङहरुको पहिलो र आधिकारिक जातीय संस्था तमु ट्हो ह्युल रहेकोले ऐतिहासिक व्यक्तित्वलाई प्रमुखआतिथ्य प्रदान गर्न लागिएको हो ।’
केही समय पहिले दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिकामा हुने जनस्तरीय कार्यक्रममा सहभागी हुन केन्द्रीय सरकारले अनुमति नदिएको घटनाको स्मरण गराउदा अध्यक्ष गुरुङले भने, ‘अफिसियल्लि मिलाउनु पर्ने काम सबै मिलिसकेकोले नै हामीले प्रचार सामग्री नयाँ तयार गरेका हौं । कुनै समस्या छैन मुख्यमन्त्री आउनु हुने कन्फम्र्ड भएको छ ।’
नोभेम्बर ११ का दिन आयोजित जानकारी सभामा सार्वजनिक गरिएको प्रचार सामग्रीमा मुख्यमन्त्री गुरुङको प्रमुखआतिथ्य रहने उल्लेख गरिएको थिएन । उक्त सामग्रीमा नेपालका दुईजना गायक–गायिकाको सहभागिता रहने जनाइएको थियो ।

कमेन्ट गर्नुहोस्

















