• मिस हङकङ नेपाल – प्रिया गुरुङ

  • जानिभा श्रेष्ठ, प्रिया गुरुङ र नेहा राई । तस्बिरः टोपबहादुर याक्खा ।

    २६ डिसेम्बर । प्रमुख निर्णायक रचना गुरुङ शर्माले सोधेको प्रश्न हङकङको नेपाली समाजको प्रमुख समस्या के हो र यसको समाधान कसरी गर्नु पर्छ ? को सटिक जवाफ दिदैं २४ वर्षिया प्रिया गुरुङले मिस नेपाल हङकङ २०१८ को शिर्ष उपाधी जितेकी छन् ।

    उनको जवाफ रहेको थियो, ‘हङकङको नेपाली समाजको प्रमुख समस्या पाश्चात्य संस्कृतिको प्रभाव हो, समाधानको लागि हरेक नेपालीले आफ्नो संस्कृति, चाडपर्व र जाति भुल्न नहुने र सरकार र मिडियाले यस प्रति सचेतता अपनाउनु आवश्यक छ ।’

    शिर्ष र मिस पपुलरको उपाधीसंगै उनले मिस नेपाल २०१९ को लागि टप २५ को प्रवेश पनि पाएकी छन् । हिडन ट्रेजर नेपालको सहकार्यमा यस वर्षदेखि मिस हङकङ नेपालले उक्त प्रवेश पाउने जानकारी आयोजक लोकराज लिम्बूले जानकारी गराएका थिए ।


    प्रतियोगिताको फस्ट रनरअप र सेकेन्ड रनरअप क्रमश नेहा राई र जानिभा श्रेष्ठ बनेका छन् । विजेताहरुलाई नगद पुरस्कार क्रमश १०, ७ र ५सहित ताज प्रदान गरिएको थियो । सविना गौचन र नुमा लिम्बू टप फाइभमा रहेका थिए ।
    टाइटल अवार्ड विजेता रहेका थिए– पर्सनालिटि सविना गौचन, कन्जेनेलिटि माधुरी लिम्बू, नेक्स्ट टप मोडल नुमा लिम्बू, फोटोजेनिक र फेसन आइकन जानिभा श्रेष्ठ, ग्लामरस लुक र ट्यालेन्ट नेहा राई र अडियन्स च्याइस मेलिना गुरुङ ।

    निर्णायकहरुमा नायक धिरज राई, कविता गुरुङ, राधिका गुरुङ, गौरव ठकुरी, युगल पोमू र सुर्विन राई रहेका थिए । कार्यक्रम सञ्चालिका मिस इन्टरनेशनल नेपाल २०१२ सुभेक्षा खड्का रहेको कार्यक्रममा एकदेव लिम्बूले गीत प्रस्तुत गरेका थिए । कार्यक्रको शुरुवातमा हिडन ट्रेजर नेपालका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीको भिडियो शुभकामना प्रस्तुत गरिएको थियो ।

    मिस नेपाल हङकङ सोसाइटीको आयोजना रहेको कार्यक्रम याउमाते कम्युनिटि सेन्टरमा सम्पन्न भएको थियो । हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनको आयोजना रहेको मिस्टर हङकङ नेपाल पनि एकैसाथ सम्पन्न भएको थियो ।

     

  • कमेन्ट गर्नुहोस्