• ‘बिकिनी क्लाईम्बर’ को भीरबाट लडेर मृत्यु

  • ‘बिकिनी क्लाईम्बर’ जिजि वुको भीरबाट लडेर मृत्यु भएको छ ।

    सामाजिक सञ्जालमा बिकिनी लगाएर पहाड चढेको तस्बिर राख्ने लोकप्रिय ताईवानी हाईकर वु ताईवानकै युशान राष्ट्रिय पार्कको एउटा भीरबाट खसेर गम्भिर घाइते भएकी थिईन् । वुले स्याटलाईट फोन मार्फत् साथीहरूलाई दुर्घटनाबारे जानकारी गराएकी थिईन् ।

    खराब मौसमका कारण उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै उनको शव पत्ता लागेको र शव ल्याउन मंगलबार पनि प्रयास भइरहेको बताईएको छ ।

    “पहाडमा मौसम खराब छ । उद्धारकर्मीलाई उनको शव अलि खुला स्थानमा सार्न भनेका छौं । मौसम सफा भएपछि हामी हेलिकप्टरबाट ल्याउन प्रयास गर्नेछौं,” नान्तु काउन्टी फायर एन्ड रेस्क्यु सर्भिसेसकी लिन चेङ–यीले बताईन् ।

    वुले आफु २०–३० मीटर तल खसेको र शरीरको तल्लो भाग चलाउन नसकेको बताउँदै आफु भएको स्थानबारे साथीहरूलाई जानकारी दिएको अधिकारीहरूले बताए ।

    न्‍यु ताईपेई सिटी बस्ने ३६ वर्षिया वुको सामाजिक सञ्जालमा उल्लेखनीय फ्यान संख्या छ । उनी पहाड चढेपछि टाकुरामा बिकिनी लगाएर फोटो खिच्थिन् र सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । पहाड चढ्ने क्रममा सामान्यता उनले हाईकिङको पहिरन लगाउँथिन् र टाकुरामा पुगेपछि मात्रै कपडा फेरेर बिकिनी लगाउँथिन् ।

    गत वर्ष स्थानीय एफटिभी च्यानललाई दिएको एउटा अन्तर्वार्तामा वुले चार वर्षमा सयभन्दा धेरै टाकुरा चढेको बताएकी थिईन् ।

    “प्रत्येक पहाडमा मैले बिकिनी लगाएकी छु । मसँग ९७ वटा मात्रै भएकोले केहीमा दोहोरिएको छ,” उनले भनिन् ।

    पहाड चढेर बिकिनी लगाउनुको कारणबारे प्रश्न  गर्दा उनले भनिन्,“सुन्दर देखिन्छ नि हैन । यसमा मननपर्ने कुरा के छ र ?”

    उष्णप्रदेश भए पनि ताईवानमा ३ हजार मीटरभन्दा अग्ला टाकुरा धेरै छन् । जाडो याममा पहाडको तामक्रम शुन्य डिग्रीभन्दा तल झर्दछ ।

    शव भएको स्थानसम्म पुग्न उद्धारकर्मीलाई २८ घण्टा लागेको लिनले बताईन् । तापक्रम तिव्र रूपमा ओरालो लाग्दै गएकाले उनीहरू तीन घण्टामात्रै सुतेका थिए ।

  • कमेन्ट गर्नुहोस्